साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वनाममा हास्यव्यङ्ग्य कविता

Nepal Telecom ad

काठमाडौं, भदौ ३ । गाईजात्रा पर्वको अवसरमा सिस्नुपानी नेपाल र आरम्भ परिवारको संयुक्त आयोजनामा काउकुती कम्पनिले सर्वनाम थिएटर डिल्लीबजारमा हाब्य कविहरूको गाईजात्रे सभा नाम दिएर हाँस्यव्यङ्ग्य कविता वाचन गरायो ।

खचाखच भीडमा कविहरूले आप्mना रचनाहरू मार्फत दर्शकहरूलाई पेट मिचिमिची हाँस्न बाध्य बनाए । सर्बनामको हलमा दर्शकहरूले सिट नपाउँदा भुइँमा बसेर पनि गाईजात्रे कविताको आनन्द लिनुभएको थियो ।

कार्यक्रममा चट्याङ मास्टर, अर्जुन पराजुली, लक्ष्मण गाम्नागे, प्रेम ओली ढकलपुर,े केरा अर्याल, थरेन्द्र बराल, टेक बहादुर कोइराला, चक्र दवाडी, कमलीकान्त भेटुवाल, डम्बर घिमिरे, डिल्लीप्रसाद मूलतिउन, शरद डीसी, इन्दु अङ्शु, रोहित कार्की, गोपाल नेपाल लगायत हाब्य कविहरूले विभिन्न हँस्यौली र ठट्यौलीसहित आप्mना रचना सुनाउनु भएको थियो ।

गाई जात्रे हाब्य कविता प्रतियोगिता घोषणा गरिएको उक्त कार्यक्रममा डा. देवी नेपाल, कोषराज न्योपाने र रामकृष्ण दुवाल रहेको सचेतकको टोलीले टेक बहादुर कोइरालालाई सुपर स्टार र केरा अर्याललाई फ्युचर स्टार घोषणा गरेको थियो । सुपर स्टारलाई १०८ किलाको मालाले र फ्युचर स्टारलाई कापी, कलमले सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x