सुलसुले‘गोपालराज पन्त स्मृति पुरस्कार’ गाम्नागेलाई
काठमाडौँ भदौ । यस वर्षको ‘गोपालराज पन्त स्मृति पुरस्कार’ हास्यलेखक लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशि रु ५० हजार छ । त्यस्तै नृत्यकलातर्फको ‘सदीक्षा बाल प्रतिभा पुरस्कार’ पूजा महरालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ ।
चित्रकलातर्फको ‘सीताश्री सम्मान पुरस्कार’ मुना भंँडेललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु १० हजार छ । त्यस्तै उपन्यासतर्फ ‘रामराज पन्त स्मृति सम्मान पुरस्कार’ अनिता शर्मा काफ्लेलाई प्रदान गरिनेछ । पुरस्कारको राशि रु २५ हजार रहेको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी संस्कृतितर्फको ‘मैयाँ वासु पन्त स्मृति सम्मान पुरस्कार’ शिवकुमार श्रेष्ठनलाई प्रदान गरिनेछ । पुरस्कारको राशि रु १० हजार छ । ‘बन्धु पन्त स्मृति सम्मान पुरस्कार’ भने साहित्यिक मासिक पत्रिका ‘भानु’लाई प्रदान गरिनेछ । पुरस्कारको राशि रु ५० हजार रहेको प्रतिष्ठानले जनाएको छ ।
समालोचनातर्फ ‘टीका–मुकुन्द पन्त स्मृति पुरस्कार’ डा कुमार कोइराला तथा अपाङ्गतातर्फको ‘आमा इन्दिरा पन्त स्मृति पुरस्कार’ हिमप्रसाद गौतमलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही रु १० हजार छ ।
Subscribe
Login
0 Comments
Oldest











































