सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घोडदौराको पहाडमा भेटिए कविता र गीत

Nepal Telecom ad

दाङ । जिल्लाको ‘घोडदौराको पहाडमा १७ कविता र ५ गीत’ भेटिएका छन् । तीन वर्षदेखि दाङमा फरक फरक शैलीमा साहित्यिक कार्यक्रमहरू गर्दै आएको उदाहरण समूहले यसपटक ‘घोडदौराको पहाडमा १७ कविता र ५ गीत’ नामक कार्यक्रम गरेको हो ।{{read_more}}

कार्यक्रमका लागि घोराही र तुलसीपुरका साहित्य तथा गीत संगीतको क्षेत्रमा लागेका युवाहरू त्यहाँ पुगेका थिए । कार्यक्रममा उदाहरण समूहका अभियन्ताहरू नवीन अभिलाषी, विष्णु सन्यास, घनश्याम अस्तित्व, प्रेमप्रकाश मायालु, नवीन शर्मा, संगीत मगर लगायतले १७ वटा कविताहरू बाचन गरेका थिए । बलप्रसाद पुन, सुनिल मगर, धिरज मगर र देविका मगरले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा घनश्याम अस्तित्वले उदाहरण समूह र यसले गर्दै आएका कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए ।

घोडदौरालाई जिल्लाकै सुन्दर पर्यटकीय क्षेत्रको रुपमा लिने गरिन्छ । त्यहाँबाट दाङ उपत्यका दृश्यावलोकन गर्न सकिने भएकाले घोराही तुलसीपुरको साथै यस आसपासका ब्यक्तिहरूले घुमफिर गर्न समेत त्यहाँ जार्ने गर्छन् ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad