साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आसन मध्येकै उत्कृष्ठासन अनसन आसन

Nepal Telecom ad

उसो त आसन भन्दा बसाईको थिति, तरिका वा जुक्ति भन्ने बुझिन्छ । यहाँ मानिहरूको आसनको कुरा गर्न लागिएको छ । {{read_more}} मानिसको आसन चौरासी तरिकाका हुन्छन् भन्ने सुनेको  height=हो । यसउसले मानिसका आसन विभिन्न नै हुने गर्दछन् । कोही कुर्सी आसनमा, कोही पलेटी आसनमा, कोही घोप्टे आसनमा, कोही कोल्टे आसनमा त कोही ठिङ्गे आसनमा पनि विराजमान हुने गर्छन् । विराजमान भन्ने वित्तिकै फेरि आसनको नयाँ स्वरुप भन्ने बुझिएला तर यो भने आसनको नयाँ रुप नभएर मेजमान खाएर आनन्दसँग आसन जमाउनेहरूलाई भनिने आदरार्थी शव्दमात्रै हो ।

यसैसँग जोडिएर आएको अर्को आसन पनि छ योगासन । योगासन भन्नासाथ योगीहरूको बस्ने तरिका होला भन्नुहोला तर हैन भन्ने बुझ्नुस् । योगासन भनेको विभिन्न तरिकाले गरिने स्वास्थ्य अभ्यास वा कसरत गर्ने तरिका हो भन्न खोजिएको छ । वलासन, हलासन, शीर्षासन, सूर्यासन, उत्तानासन, सर्वाङ्गासन, वायुमुक्तासन, पद्मासन अनि चक्रासन के के हो के के । यी विभिन्न आसनका आआफ्नै विशिष्ठता छन । हरेक आसनले मानिसका स्वास्थ्यमा हरेक योगदान दिएकै हुन्छन् तर जान्नु चाहिँ पर्छ है फेरि । नजानी नजानी गरेको योगासनले मान्छेको स्वास्थ्यलाई निर्वासनमा पु¥याउन बेर लगाउँदैन । अब निर्वासनै जानेगरी त के को योगासन गर्नु व्यर्थमा । व्यर्थमा गएको निर्वासनले व्यर्थमै सामथ्र्य गुम्न बेर लाग्दैन । “अर्थ न बर्थ गोविन्द गाई टाउको दुखेको औषधी नाईटामा लाई” हुन त गाईको न त नाम गोविन्द हुन्छ न त कसैले टाउको दुख्दा औषधी चाहिँ नाईटामा लगाउँछ तर यो त उखान मात्र न हो । अब उखानको नै बखान त के गरिहालौं खै तैपनि कहिले काहीँ संयोग यस्तै पर्नजाँदो रहेछ । तिखे हुनलाई सिंग नै हुनुपर्ने र झड्का हान्नलाई पिङ्ग नै हुनु पर्दैन । सिंग नहुने तिखेहरू र झड्का हान्ने लिखेहरू प्रसस्तै भेटिन्छन् ।  

आसन र योगासनको त धेरै कुरा थाहा छँदैथ्यो धेरै समयदेखि यो अनसन भन्ने आसनको पनि व्यापक चर्चा सुनिन थालेको छ । यो अनसन त आसन र योगासन भन्दा पनि उत्कृष्ठासन रे नि त । यो आसन गर्नेहरू अन्न खाँदैनन् रे सुतिरहन्छन् रे । अन्न नखाएकोले त यो विनाअन्नासन हुनुपर्ने हो तर खै किन हो यसलाई अन्नसन नै भन्दारहेछन् । यो सनले ठूला ठूला डनहरूलाई फनफन घुमाईदिन्छ रे । “अर्थ न बर्थ गोविन्द गाई टाउको दुखेको औषधी नाईटामा लाई” फेरि उही उखान । हैन कसले के ग¥याछन्, कस्ले के खाएका छन्, कस्ले कति पढ्याछन् अनि कस्ले कति ठग्याछन् भन्ने यो आसन गर्नेलाई कसरी थाहा हुन्छ हो ? अचम्म । फेरि आफ्नो अगाडि भएको वेथिति चाहिँ थाहा पाउँदैनन् कि थाहा पाएर पनि आफ्नो कुरा अरुलाई किन थाहा दिने भनेर चुप लाग्या हुन् । कुरो बुझिनसक्नु छ । कहिले विश्वविद्यालयको कुरा, कहिले मेडिकल विद्यार्थीका कुरा, कहिले भुसका कुरा, कहिले घुसका कुरा, कहिले व्याएको कुरा त कहिले न्यायको कुरा सबै नै समेटेको छ यो आसनले । अब हुँदाहँदा त नेतालाई नै ठरठेगान लगाइदिने गरि आसन गर्ने रे भनेको पो सन्दैछु । जे होस् यो आसन दह्रै रहेछ नत्र यत्रो आँट कसरी आउँथ्यो । 
मिति २०७४।१०।०२  
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x