सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाकिम साप !

Nepal Telecom ad

हाकिम साप !  height=
मेरो बिन्ती छ
मेरो गाउँमा मोटर नपुर्याइदिनुस् {{read_more}}
म मेरा गाउँले धरापमा थिचिएको हेर्न चाहन्न ।

हाकिम साप ! 
मेरो अर्को बिन्ती छ
मेरो गाऊँमा बिजुली नपुर्याइदिनुस्
म मेरा गाउँले बत्तीमा पुतलीझैँ टाँस्सिएको सुन्न चाहन्न ।

हाकिम साप ! 
यो अर्को मेरो बिन्ती
मेरो गाउँमा बिकासे खेती नपुर्याइदिनुस्
म मेरा गाउँले बिषादी छादेर मरेको देख्न चाहन्न ।

साँच्चै सुन्नुहुन्छ मेरो बिन्ती !
सुन्नुहुन्छ भने मेरो गाउँमा–
सुरक्षामा ध्यान पुर्याइदिनुस् मोटरभन्दा पहिले 
करेण्टको ज्ञान पुर्याइदिनुस् बिजुलीभन्दा पहिले
रसायनको चेतन पुर्याइदिनुस् बिषादीभन्दा पहिले

मेरो भित्री कुरा भनौँ हाकिम साप !
अरू केही पनि नपुर्याई दिनुस् मेरो गाउँमा, बिन्ती !
यदि धमिराले खाई नसकेको भए
बरु सुशासन पुर्याइदिनुस्
फगत् सुशासन !

२०७१ चैत्र
काठमाडौं

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
पक्का हो

पक्का हो

दुर्गाप्रसाद ग्वालटारे
“यो डरायो” भन्नेसँग

“यो डरायो” भन्नेसँग

दुर्गाप्रसाद ग्वालटारे
आए जस्तो भयो 

आए जस्तो भयो 

दुर्गाप्रसाद ग्वालटारे
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल