साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाकिम साप !

Nepal Telecom ad

हाकिम साप !  height=
मेरो बिन्ती छ
मेरो गाउँमा मोटर नपुर्याइदिनुस् {{read_more}}
म मेरा गाउँले धरापमा थिचिएको हेर्न चाहन्न ।

हाकिम साप ! 
मेरो अर्को बिन्ती छ
मेरो गाऊँमा बिजुली नपुर्याइदिनुस्
म मेरा गाउँले बत्तीमा पुतलीझैँ टाँस्सिएको सुन्न चाहन्न ।

हाकिम साप ! 
यो अर्को मेरो बिन्ती
मेरो गाउँमा बिकासे खेती नपुर्याइदिनुस्
म मेरा गाउँले बिषादी छादेर मरेको देख्न चाहन्न ।

साँच्चै सुन्नुहुन्छ मेरो बिन्ती !
सुन्नुहुन्छ भने मेरो गाउँमा–
सुरक्षामा ध्यान पुर्याइदिनुस् मोटरभन्दा पहिले 
करेण्टको ज्ञान पुर्याइदिनुस् बिजुलीभन्दा पहिले
रसायनको चेतन पुर्याइदिनुस् बिषादीभन्दा पहिले

मेरो भित्री कुरा भनौँ हाकिम साप !
अरू केही पनि नपुर्याई दिनुस् मेरो गाउँमा, बिन्ती !
यदि धमिराले खाई नसकेको भए
बरु सुशासन पुर्याइदिनुस्
फगत् सुशासन !

२०७१ चैत्र
काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x