साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठी र मुक्तकावलि विमोचन 

Nepal Telecom ad

घुम्ती कविगोष्ठी नेपालको ६६औँ शृङ्खला २०७५ वैशाख ८ गते गोविन्द घिमिरे वेदमणिको निवास जोरपाटीमा सम्पन्न भएको छ । {{read_more}} घुम्ती कविगोष्ठी  height=नेपालका सल्लाहकार वेदमणिको संयोजकत्व र सभापतित्वमा सम्पन्न यस गोष्ठीमा उहाँद्वारा लिखित मुक्तकावलि (मुक्तक सङ्ग्रह) विमोचन गरियो । वैशाख महिनाको यो गोष्ठी गोविन्द घिमिरे वेदमणिको जन्मदिनको अवसरमा भएको थियो । 

उक्त दिन सबैभन्दा कान्छो नाति अमन घिमिरेको भने जन्मदिन नै परेको थियो । कविता, गीत, गजल वाचन तथा पुस्तक विमोचन र जन्मदिवस मनाइएको उक्त गोष्ठीमा प्रमुख अतिथि डा. विदुर चालिसे हुनुहुन्थ्यो भने अतिथिमा बाजुराम पौडेल, रामबहादुर पहाडी, गङ्गा पौडेल कर्माचार्य, डिल्लीराज अर्याल, शीतल गिरी, मञ्जुश्री प्रधान केसी, वसन्त रिजाल र रामचन्द्र दाहाल रहनुभएको थियो । अतिथि लगायत अन्य धेरै कविहरूले कविता गीत गजल वाचन गर्नुभएको थियो । जसमा दीपक दाहाल, सुदीप दाहाल, मोहनप्रसाद फुयाल, गणेशप्रसाद खतिवडा, सकुन घिमिरे, मुना खतिवडा, दुर्गा धमला, उर्मिला पन्त पाण्डे, कुसुम शर्मा, अनिता यात्री, राजबाबु श्रेष्ठ, मिसन अधिकारी, बैरागी जेठा, सुमन पुडासैनी मित्र, रामकुमार पण्डित क्षेत्री, घनश्याम प्रसार्इं, शारदा पराजुली, मेनका पोखरेल आचार्य, रेखा अर्याल, गोविन्द नेपाल, रामचन्द्र खतिवडा, सरोज कटुवाल, डिल्लीप्रसाद मूलतिहुन, परशुराम पराशर हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन परशुराम पराशरले गर्नुभएको थियो । 

कविता वाचन सकिएपछि मुक्तकावलि विमोचन र जन्मजयन्ती मनाइएको थियो । हजुरबा वेदमणि र नाति अमन घिमिरेको नाम लेखिएको केक ल्याएर काटिएको थियो । कार्यक्रमको समापन र वाचित रचनाहरूको समीक्षा सभापति वेदमणिले गर्नुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x