साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्खँदै छु उज्यालो म

Nepal Telecom ad

छ भस्मासुरको राज्य, चौतर्फी अन्धकार छ height=
पिशाची हूल गस्तीमा बस्तीमा वार–पार छ
विवेकी र इमानीका निम्ति तैयार छन् चिता {{read_more}}
कर्कलोझैं गलेको छ रापिएर मनुष्यता

भूतका भागमा भोज, भनिन्छन् ‘भतुवा’ हली
अपराधीहरूको छ यत्रतत्र ढलीमली
को–को बाट बची हिँड्नु ? यहाँ रक्षक नै छली
घोर तक्षक निस्कन्छ दिँदै विश्वासको बलि

देश खोक्रो तुल्याएर चिल्लिँदै जो छ तस्कर
उसकै पाउ पुज्नेको लामो देखिन्छ लस्कर
तिनै अलच्छिनाको नै दब्न पाइतलामुनि
अभिशप्त छ नेपाल कहिलेसम्म खै कुनि !

यस्तो आतङ्क–वर्षामा फूलको आस के गरूँ ?
हुतीहारा भई किन्तु निराश कसरी बनूँ ?
नित्य हुच्चील–उल्लूको ध्वनि सुन्नु परे पनि
पर्खँदै छु उज्यालो म ‘शुभ्र तारा’ गनी गनी

‘बग्दैबग्दै’, कवितासङ्ग्र्रह, २०७४ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x