निर्मोही व्यासपर्खँदै छु उज्यालो म

छ भस्मासुरको राज्य, चौतर्फी अन्धकार छ
पिशाची हूल गस्तीमा बस्तीमा वार–पार छ
विवेकी र इमानीका निम्ति तैयार छन् चिता {{read_more}}
कर्कलोझैं गलेको छ रापिएर मनुष्यता
भूतका भागमा भोज, भनिन्छन् ‘भतुवा’ हली
अपराधीहरूको छ यत्रतत्र ढलीमली
को–को बाट बची हिँड्नु ? यहाँ रक्षक नै छली
घोर तक्षक निस्कन्छ दिँदै विश्वासको बलि
देश खोक्रो तुल्याएर चिल्लिँदै जो छ तस्कर
उसकै पाउ पुज्नेको लामो देखिन्छ लस्कर
तिनै अलच्छिनाको नै दब्न पाइतलामुनि
अभिशप्त छ नेपाल कहिलेसम्म खै कुनि !
यस्तो आतङ्क–वर्षामा फूलको आस के गरूँ ?
हुतीहारा भई किन्तु निराश कसरी बनूँ ?
नित्य हुच्चील–उल्लूको ध्वनि सुन्नु परे पनि
पर्खँदै छु उज्यालो म ‘शुभ्र तारा’ गनी गनी
‘बग्दैबग्दै’, कवितासङ्ग्र्रह, २०७४
Subscribe
Login
0 Comments
Oldest










































