साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माननीय घरबेटीको मनको मन्तव्य

Nepal Telecom ad

भर्खरै एउटा पत्रिकाले ‘माननीय सांसदहरूले काठमाडौँमा घर भईभई तलबभत्तासँगै घरभाडा पनि ज्यूनार गरेको’ भनी प्रकाशित समाचारप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।  height= {{read_more}} सर्वप्रथम त्यस्तो संवेदनशील सूचना पत्रिकालाई दिएर हाम्रो गोपनीयता भंग गर्ने संसद् सचिवालयका भ्रष्ट कर्मचारीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आम मतदातासामु वास्तविकता प्रस्तुत गर्न चाहन्छौँ ।

हिजोसम्म सबै कुरा ठीकै थियो । सामसुम थियो । भित्रभित्रै थियो । थाहा नहुनुपर्ने कसैलाई थाहा थिएन । कसैको टाउको दुखेको थिएन । हामीहरू लुसुलुसु थापेर खुसुखुसु खाइरहेका थियौँ । अचानक त्यस पापी पत्रिकाले जाबो केही हजार रुपैयाँ घरभाडा लिएको सानो विषयलाई मुलुकै खाएजस्तो गरी समाचार छापेर फेरि पनि हाम्रो प्रतिष्ठामा धब्बा लगाउने दुष्प्रयास गरेको छ । तर आम जनताले हाम्रो बाध्यता बुझ्नुहुनेछ भन्ने विश्वास लिएका छौँ ।     

उदाहरणका लागि त्यो लिस्टमा नाम निस्केका एक माननीय आफ्नो बाध्यताबारे भन्नुहुन्छ, ‘काठमाडौँमा घर छ भनौँ कि छैन भनौँ ! एउटा गाडी पार्किङ गर्ने कम्पाउन्ड नभएर ग्यारेजमा महिनावारी भाडा तिरेर राखेको छु । मैले त जनताको सेवाका लागि किनेको गाडी राख्न ‘ग्यारेज भाडा’ लिएको हो । कसैले यसलाई घरभाडा भन्छ भने मेरो के दोष !’ 

यस्तै बाध्यता अरु धेरै माननीयहरूको छ । एक जना माननीयज्यूको घर भाडामा लिनेहरूले पूरै घर लिइदिएर उठिबास लगाएकाले उहाँ अहिले भाडामा लिएको अर्को घरमा बस्नुहुन्छ । भाडामै घर लिएर बसेका माननीयले घरभाडा लिए भनेर डंका पिट्नुको के अर्थ ! अर्का माननीयको एउटा घर छ– ससुरालीले दाइजो दिएको, अर्को घर छ– छोरीको बिहेपछि उसैलाई दिन भनेर बनाएको, आफ्नो घरै छैन । यस्तो हरिबिजोग भएका सांसदले घरभाडा लिनु कसरी अनुचित भयो ?

एक जना माननीयज्यू सासूका घरमा घरज्वाइँ बनेर कति अप्ठेरो मानीमानी बस्नुभएको रहेछ, उहाँलाई पनि घरभाडा लिएकामा बदनामी गर्न खोजिएको छ । फाराम भरेका बेला झुक्किएर घर छैन भनेर लेखेका र पछि मौखिक रुपमा छ है भनेर भनिसकेका माननीयज्यूको पनि नाम प्रकाशित गरिएछ । अर्का माननीयले प्रस्ट भनिसक्नुभयो, ‘म त्यस्तो अनैतिक मान्छे होइन । घर हुने सबै साथीहरूले नलजाई घरभाडा लिइराखेको देखेर लिएको हुँ ।’ यस्ता सोझा र निर्दोष माननीयहरूको पनि बदनाम गर्न खोजिएको छ ।  

महिलाहरूको प्रगति देख्न नसक्ने तफ्वहरूले पनि यो काण्डलाई उछालेको प्रस्ट छ । जस्तै, मन्त्रीपतिसँग क्वार्टरमा बसेका महिला सांसदहरू आफ्नो घरमा नबसेको प्रस्टै छ । उनीहरूले क्वार्टरभाडा भनेर लिएको भए गल्ती हुन्थ्यो । घरभाडा भनेर लिनु कसरी अनुचित भयो ? कतिपय माननीय साथीहरूलाई त घरभाडा खाइरहेको छु भन्नेसमेत थाहा रहेनछ । जनताको काममा यति व्यस्त हुनुपर्छ, यस्ता झिनामसिना कुरा हेक्कामै रहँदैनन् । त्यस्ता कर्मशील माननीयहरूको पनि अपमान गरिएको छ ।    

अन्त्यमा, हामी जनताका प्रतिनिधिहरूलाई यसरी पटक–पटक बदनाम गरेर अन्ततस् लोकतन्त्रलाई नै अफापसिद्ध गर्ने षड्यन्त्र भइरहेकोतर्फ सबैलाई सजग रहन अनुरोध गर्दछौँ । हामीलाई दिइएको तलबभत्ता र सुविधा अत्यन्त न्यून रहिरहेको हुँदा यथाशीघ्र तलब वृद्धिको माग गर्दै खाइपाई आएको सेवासुविधा नै घट्ने गरी घरभाडा फिर्ता गर्ने प्रतिगामी कार्य नगर्न सबै कथित कालोसूचीमा परेका मित्रहरूमा अनुरोध गर्दछौँ । धन्यवाद ।

नेपाल, पुस ९, २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x