भ्रष्टाचारी ?

जुका–किर्ना–ढाडी–उडुस–उपियाँ – मच्छडसरि  कयौँ भ्रष्टाचारी, गलत–लतका हाकिम हरि ।

 height=जुका–किर्ना–ढाडी–उडुस–उपियाँ – मच्छडसरि
कयौँ भ्रष्टाचारी, गलत–लतका हाकिम हरि ।
लुटे खाए क्वाप्पै, कति– चिफ मिली देश–ढुकुटी
हरे हेर्दा हेर्दै, मुलुक त भयो हाय ? सुकुटी ।। १ ।।

बजेटै सिध्याए, बिल चिल बनाए अधमले
डुले टाढा–टाढा, भ्रमण निहुँमा, ती खतमले ।
हरे के गर्दैछन् ? लजित नबनी धेर–सचिव
हरे भ्रष्टाचारी ? विगत दिनका मुख्य पुलिस ।। २ ।।

अझै हाँस्छन् ! चूडामणि ! पचिसक्यो लाज र घृणा
कता छन् खै कार्की ? खबर त हट्यो पत्रहरूमा ।
लुला, ठूला मान्छे, गलत लतमा, कोष त लुटी
धरौटीमा छुट्छन्, घुस–रकम नै भो शिव–बुटी ।। ३ ।।

रहेनन् ठूलामा, मुलुक–ममता गौरव हरे
भए भारण्डै यी, लुट मति लिँदै रौरव झरे
धनै मात्रै ठूलो, मन–मगजमा, स्वार्थ भरियो ।
सधैँ लुट्ने–धुत्ने, मुलुकसित खेलाँचि गरियो ।। ४ ।।

धादिङ

जय अधिवेशन, पिण्डस्थाने पिण्डम् ?

जय अधिवेशन, पिण्डस्थाने पिण्डम्...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
बिचरो मन्त्री ?

बिचरो मन्त्री ?

बद्रीप्रसाद दाहाल (भस्मासुर)
देवता बन्छ मान्छे !

देवता बन्छ मान्छे !

बद्रीप्रसाद दाहाल (भस्मासुर)
सोझो बन्न सकेन पुच्छर 

सोझो बन्न सकेन पुच्छर 

बद्रीप्रसाद दाहाल (भस्मासुर)
आलोचना हो चना ?

आलोचना हो चना ?

बद्रीप्रसाद दाहाल (भस्मासुर)
चिन्ता भयो हे हरे ?

चिन्ता भयो हे हरे...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
जय अधिवेशन, पिण्डस्थाने पिण्डम् ?

जय अधिवेशन, पिण्डस्थाने पिण्डम्...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
चम्चा चिन्तन

चम्चा चिन्तन

नरनाथ लुइँटेल
के रे ? नेतालाई चोर भन्छन् रे ?

के रे ? नेतालाई...

फित्काैली
बूढो नेताको भाषण

बूढो नेताको भाषण

खगेन्द्र नेउपाने