साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उज्यालोका विरुद्धमा

Nepal Telecom ad

महान छ हाम्रा लागि अँध्यारोको बीउ
यस्कै जगेर्नामा हामी त्याग्छौँ ज्यान जीउ
उज्यालोलाई छोप्नसके मात्र हुन्छ जीत
अँध्यारोकै प्रशंसामा हामी गाउँछौँ गीत ।

किन बाल्नु लालटिन र धिप्री अनि टुकी
उज्यालोको छिर्का पनि निभाउ फुकीफुकी
झ्याप्पझुप्प झ्याप्पझुप्प कमिशनको मन्त्र
अँध्यारोमै चम्किँने छ हाम्रो लोकतन्त्र ।

कोशबाटै झिकीपाउँ उज्यालोको चित्र
झिलिमिली संसार छ, यै अँध्यारोभित्र
अझै पार्नुपर्छ यस्लाई गाढा नीलो कालो
त्यसै कारण थपीपाउँ धसिँगरे जालो ।

उज्यालोमा तिर्मिराई आँखै नदेख्नेभो
कलम पनि कालो अक्षर लेख्दै नलेख्नेभो
अझै किरण छर्न खोज्छ एक्लो पाजी घाम
बिहानीमै अस्ताइदेओस् छैन त्यस्को काम ।

भाग्य हाम्रो अँध्यारो नै कर्म अँध्यारो नै
आस्था अनि आदर्शको चहक अँध्यारो मै
छ्याङ्ग देख्ने उज्यालो त्यो भोभो चाहिँदैन
हाम्रो प्रिय अँध्यारोलाई खोस्न पाइँदैन ।

उज्यालोका विरुद्धमा जुलुस र नारा
चक्काजाम, बन्दैबन्द, टायर बालौँ सारा
खबरदार घुसपेठिया, किन गछौँ झेल
यो अँध्यारो खोस्नेलाई ठोक्नुपर्छ नेल ।

सिल्लीहरू भो नगर बत्ती बाल्ने कुरा
खल्तीभित्र लुकाएर कमिसनको छुरा
तिम्रो खुबी तिम्रो त्याग त्यै छुराले भन्छ
कालो अँध्यारोमै अब नयाँ नेपाल बन्छ ।

कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x