साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दस नम्बरमा हामी ?

Nepal Telecom ad

एउटा दुःखद, आश्चर्यजनक र अविश्वासिलो समाचार सुन्न पाइयो। हाम्रो देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल \’त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल\’ संसारका खराब अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक नम्बर खराब होइन रहेछ। दोस्रो वा तेस्रो खराब पनि होइन रहेछ। चौथो, पाँचौँ मात्र होइन, नवौँभित्र पनि हाम्रो नाम अटाएनछ। विश्वासै लाग्दैन, वेबपोर्टल वेल्सटचटसिटडटकमले गरेको विश्वव्यापी सर्वेक्षण अनुसार हाम्रो पि्रय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संसारका खराब विमानस्थलमध्ये बल्लतल्ल दसौँ नम्बरमा परेछ। थप दुःखको समाचार के भने हाम्रो विमानस्थल त युरोप र अमेरकिाका कतिपय विमानस्थलभन्दा अगाडि पो रहेछ। हाम्रो परश्रिम, लगानी, व्यवहार, काम गर्ने शैली, हाम्रो सरसफाइ इत्यादिका आधारमा हामी तलबाट उत्कृष्ट तीनभित्र पर्नैपर्ने हो, नभए पनि पाँचभित्र त हुर्नैपर्ने। उत्कृष्ट दसको पनि पुछारमा झुन्डिनुपर्दा हामीले कसरी सहनु ?
विमानस्थलमा जतिसुकै भीड जम्मा गरे पनि, यात्रुलाई जति घन्टा लाइनमा उभ्याए पनि, जतिसुकै अशिष्ट र अभद्र व्यवहार गरे पनि हाम्रो विमानस्थल अमेरकिाको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सात अंकले अगाडि छ भन्दा कसरी पत्याउनु ?
विमानस्थलभित्रैबाट सुरक्षाकर्मी र कर्मचारीले नै यात्रुलाई अपहरण गरेर लुटपाट र बलात्कार गरे पनि, घूस खाएर तस्कर र अपराधीलाई गन्तव्यसम्म सुरक्षित पुर्‍याउने व्यवस्था भए पनि, बेलाबेला विमानस्थलका सबै कर्मचारीलाई भ्रष्टाचारको अभियोग लाग्दै गरे पनि, विमानस्थलको सुरक्षा घेरा नाघेर कहिलेकाहीँ अनधिकृत व्यक्ति विमानसम्मै पुगे पनि हाम्रो विमानस्थल अमेरकिाको अर्को विमानस्थल ला गार्डियाभन्दा तीन अंकले माथि नै रहेको देखाउने त्यो सर्वेक्षणमाथि शंका गर्ने कि नगर्ने ?
रपिब्लिक अफ चादको एनडिजामिना अन्तर्राष्ट्रिय विमानस्थलमा कीरा-फट्यांग्राले यात्रुलाई खुब आक्रमण गर्दा रहेछन्। सर्वेक्षण गर्ने वेब पोर्टलले त्यहाँ जाँदा कीरा मार्ने स्प्रे साथमै लिएर जान यात्रुलाई सुझ्याउँदै त्यो विमानस्थललाई संसारको चौथो खराबको सूचीमा राखेको रहेछ। हाम्रो विमानस्थलमा भुस्याहा कुकुर र स्यालले यात्रुका खुट्टामा टोकेको र गिद्धले पटक-पटक पाइलटको आँखामा ठुङ्न खोजेको कुरा थाहा पाएको भए त्यो पोर्टलले हामीलाई एनडिजामिनाभन्दा अगाडि राख्ने बारेमा सोच्ने पनि थिएन।
धावन मार्गमा भ्वाङ पररिहने गरे पनि दुर्घटनामा परेर खरानी नहोउन्जेल जतिसुकै खटारे जहाज उडाइरहे पनि, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले विमानस्थललाई कालोसूचीमा राखे पनि, जहाजभित्र बसेर मुसाहरूले सपरविार विदेश यात्रा गरे पनि, विमानस्थलको शौचालय कुन कुनामा छ भन्ने कुरा विमानस्थलको मूल गेटबाट छिर्दाछिर्दै गन्धबाटै थाहा पाउने व्यवस्था भए पनि हाम्रो विमानस्थल लन्डनको प्रसिद्ध हिब्रु विमानस्थलभन्दा चार अंकले अगाडि हुनु हाम्रो इज्जतमा गम्भीर धक्का लाग्नु हो। विमानस्थलवरपिरकिो वातावरणको मूल्यांकनबाट पनि हामी ती नौवटै विमानस्थलभन्दा अगाडि हुनुपर्ने हो। विमानस्थलको आँगनमा ट्याक्सी वा होटलका दलालले यात्रुका सर्टका बाहुला चुँडाए पनि, मिटरमा उठ्नेभन्दा पाँचगुना बढी भाडा हत्याए पनि, राजधानीको कुइरीमण्डल धूलो र खाल्टाखुल्टीको स्वाद भुँडीभर िखुवाए पनि हाम्रो विमानस्थलले पेरसि वियाभिस टिले विमानस्थललाई पाँच अंक र सिकागो मिडवे अन्तर्राष्ट्रिय विमानस्थललाई आठ अंकले उछिन्नु हाम्रो परम्परा, संस्कृति र सभ्यताविपरीत छ।
संसारमा हाम्रो भन्दा खराब नौ-नौवटा विमानस्थल हुनु हाम्रा लागि ठूलो चुनौतीको विषय हो। त्यसैले हामीले हाम्रा आजसम्मका क्रियाकलापहरूलाई अझ सशक्त र धारलिा बनाउँदै हाम्रो विमानस्थललाई संसारको सबैभन्दा अव्यवस्थित, सबैभन्दा साँघुरो, भीड, अशिष्ट, असभ्य, फोहोरी र सबैभन्दा भ्रष्ट बनाएर संसारमा नाम चम्काउनुपर्छ। दस नम्बरमा बसेर हुँदैन, एक नम्बरमा बसेको साउ पाउलो विमानस्थललाई पराजित गर्दै त्यहाँ विराजमान हुनुपर्छ।

\’नेपाल\’अंक- ५८४/२०७० फाल्गुन ११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x