घिमिरे ‘मैदेली’टाउकाकै खेल, टाउके नै खेलाडी !
होइन यो मान्छेका टाउका केले बन्या हुन्छ हँ ? टाउका बनाउने कारखाना कति हुन्छन् ? एउटै कारखानामा बनेका भए यति धुरै थरीका टाउका हुनै पाउने थिएनन् । केगर्नु थरीथरीका कारखानाले त होला नि थरीथरीका टाउका बनेका ।
हिजोआज टाउकाका उचाइ मोटाइ लम्बाइ चौडाइका आधारमा टाउकाका मूल्य र मान्यता बढ्ने ग¥या छन् । टाउकाको मोलमा मोलिने र चुलिने भन्या त समयसापेक्ष रहेछ । कुनै समयमा यिनै टाउकाका मूल्य र मान्यता मूलीनशूलीका चुलीमा चुलिएर चरम चर्चामा पुगेका थिए भने कुनै समयमा तिनै टाउका बर्खे गोलभेडा झैँ मूल्यमा गिरावट आएर फालाफाल पनि भएको देखियो !
हैन कतै टाउकाका मूल्यमा पनि उही पुरानो थोत्रो राजनीति त चल्या छैन ? हुन त लोकतन्त्रमा लोकनीति नै चल्नुपर्ने हो तर पनि खै केको मोहजालले हो अझै मुलुकमा पञ्चेका बराजुका पालामा चल्या राजनीति चल्न छाड्या छैन । लोकतन्त्र नआओस् भनेर प्रतिगमा लाग्ने प्रतिनिधिहरूले प्रतिरोध गरे । पछि फेिर त्यही टाउकाको गिदीमा लिदी फेरेर टाउके बन्ने प्रयास र प्रयत्न यत्नपूर्वक ग¥या देखिन थाल्याछ वा ! त्यसै भएर पो राजनीतिलाई गन्धा खेल भन्दा रहेछन् । उहाँभने उनीहरूले नै कतिपय अन्जान जनताका जानाजान ज्यान लिए । कतिपय टाउकाको भाउ बढाएर मूल्य तोकेर, ठोकेर, आफ्नालाई मात्र बोकेर राजनीति दाउ अघिसारे बम बर्षाएर कस्ताकस्ता बर्षपुरुष बिते, तै पनि यो राजनीति भने बित्या छैन वा ! होइन यो बोसेआन्द्रामा बेरिया राजनीति झट्टै फेर्न सकिन्न भन्या ? मायाजाल र मोहजालले जेले पनि यसको नाम मात्र भने पनि फेर्नु नि । किन त्यो राजनीति भन्ने नाम मात्र पनि नफेरेका हँ ? कि भोलिका दिनमा पनि प्रतिगमनको राजनीतिमा राल काड्नेहरूले पुरानै पाराको राजनीतिमा राजगर्ने भित्री इच्छा बाहिरी अनिच्छा देखाएका हुन् ? यो काम्लामा सातुमुछ्याजस्तो राजनीत त जताततैबाट चुहिदै गएको, तुहिँदै गएको पो देखिन थाल्या छ त !
होइन यी टाउकेटाउकेका टाउका केल्ले बन्या छ हँ ? कि पहिलेको गिदी सकिएर त्यसमा लिदी थपिएको हो ? मुलुक तालुक बिहीन भएजस्तो छ । उही दाँत झ¥या तालुकलाई केही समय त लुकलुक भन्या पो छन् कि । दाँत फुक्ल्या सिंहलाई नै अब त यसले चेत्यो अब कसैलाई चिथोर्दैन भन्ने ठान्या छन् कि बाहिरबाहिर नाइँनाइँ भित्रभित्र आइँआइँ पो भन्या छन् कि ? आजकाल किन टाउकेका टाउकाहरू प्रष्ट छैनन् हँ ? कि कुनै टाउका कुहेका छन् कि कुनै टाउका तुहेका छन् ? नत्र यस्तो त हुनु नपर्ने ! टाउकाका खेलमा झैँ झेल र ठेलमठेल अरुखेलमा हुँदैन भन्थे । यी टाउका स्वस्त भाभए त त्यसको गतिप्रगति हेरेर भरविश्वास गर्न सकिन्थ्यो । बाहिर सजिसजाउ गरी सो पिसमा राख्या मालसामान जस्ता टाउकाको अगाडि बसेर ठाडै कुहिएको रहेछ भन्न पनि नसकिने । यसो वरपर बुझ्यो ठसडसी गनाएको राग चल्या बुझिन्छ । के गर्नु सहनुन कहनुको टाउके समस्या त जनतालाई पो हुनथाल्यो वा !
यस्तै हो भने अब मुलुकभरिका टाउकालाई एकै ठाउँमा राखेर जुन टाउकोमा कृत्रिमता छैन, जुन टाउको टाउकाले बाँचेको छ, जुन टाउकोले मुलुक हाँक्लाजस्तो छ त्यही टाउकोलाई टाउके बनाए हुने भो । चिनेको भनेर, भावात्मक सम्बन्ध छ भनेर कुनै पनि जनताले अर्काका टाउकाको भर नपरौँ एकदिन आफ्नै टाउकाले भुईमा टेक्न सक्छ ।
टाउकाकै खेल टाउको नै खेलाडी भएर त खेलमा झेल ह’ने रेछ नि ! टाउकाले पहाड थाम्छौँ । धर्ती उचाल्छौँ भनेर तीनवर्षमा गर्न नसक्या कामलाई तीन महिनामा गरेर देखाउने प्रण गरेका छन् हेरिहालौँ । लिदी झिकेर गिदीमा ग’दी राखेर तीन महिनामै तीनछक पो काम गर्छन् कि !
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































