साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लच्किएका झ्याल ढोका

Nepal Telecom ad

मेरो बुढो घरका झ्याल ढोका लच्किएका छन्
बाहिरको प्रकाश भित्र छिर्नबाट
अब यिनले रोक्न सक्दैनन्
घरभित्र प्रकाश बढेको छ,
मेरो बुढो घरका झयाल ढोका लच्किएका छन् ।

मेरो बुढो घरका झ्याल ढोका लच्किएका छन्,
ठुलो आकाशको स्वच्छ हावा भित्र छिर्नबाट
अब यिनले रोक्न सक्दैनन्
घरभित्र प्रदूषण घटेको छ,
मेरो बुढो घरका झ्याल ढोका लच्किएकाछन् ।

मेरो घरसँगै म पनि बुढो भएको छु,
मेरा तन मन लच्किएका छन्
तन बाहिरको शुद्धता र मन बाहिरको प्रकाश
भित्र छिर्नबाट अब यिनले रोक्न सक्दैनन्
तनभित्र प्रकाश बढे्को छ
मनभित्र प्रदूषण घटेको छ
मेरो बुढो घरका झ्याल ढोकासँगै
मेरा तन मन लच्किएका छन् ।

हो, कुरो नबुझ्ने अव्यवहारिक र जिद्दी भएको छु म
म सुहाउँदा विशेषण अरु पनि छन्
सत्य यत्ति हो,
मेरो घरसँगै म पनि बुढो भएको छु,
मेरा तन मन लच्किएका छन् ।
तनभित्र प्रकाश बढेको छ
मनभित्र प्रदूषण घटेको छ
मेरो बुढो घरका झ्याल ढोकासँगै
मेरा तन मन लच्किएका छन् ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x