सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लच्किएका झ्याल ढोका

Nepal Telecom ad

मेरो बुढो घरका झ्याल ढोका लच्किएका छन्
बाहिरको प्रकाश भित्र छिर्नबाट
अब यिनले रोक्न सक्दैनन्
घरभित्र प्रकाश बढेको छ,
मेरो बुढो घरका झयाल ढोका लच्किएका छन् ।

मेरो बुढो घरका झ्याल ढोका लच्किएका छन्,
ठुलो आकाशको स्वच्छ हावा भित्र छिर्नबाट
अब यिनले रोक्न सक्दैनन्
घरभित्र प्रदूषण घटेको छ,
मेरो बुढो घरका झ्याल ढोका लच्किएकाछन् ।

मेरो घरसँगै म पनि बुढो भएको छु,
मेरा तन मन लच्किएका छन्
तन बाहिरको शुद्धता र मन बाहिरको प्रकाश
भित्र छिर्नबाट अब यिनले रोक्न सक्दैनन्
तनभित्र प्रकाश बढे्को छ
मनभित्र प्रदूषण घटेको छ
मेरो बुढो घरका झ्याल ढोकासँगै
मेरा तन मन लच्किएका छन् ।

हो, कुरो नबुझ्ने अव्यवहारिक र जिद्दी भएको छु म
म सुहाउँदा विशेषण अरु पनि छन्
सत्य यत्ति हो,
मेरो घरसँगै म पनि बुढो भएको छु,
मेरा तन मन लच्किएका छन् ।
तनभित्र प्रकाश बढेको छ
मनभित्र प्रदूषण घटेको छ
मेरो बुढो घरका झ्याल ढोकासँगै
मेरा तन मन लच्किएका छन् ।

बत्तिसपुतली, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर