साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा ठाकुर शर्मा भण्डारी सम्मानित

Nepal Telecom ad
काठमाडौँ। जिएमपी तिमिल्सिना प्रतिष्ठान नेपालद्वारा आयोजित एक समारोहबीच प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनाले नेपाली भाषासाहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदानका निम्ति साहित्यकार ठाकुर शर्मा भण्डारीलाई “जिएमपी रामेश्वरप्रसाद तिमिल्सिना स्मृति पुरस्कार”- २०७७ नगद बीस हजार रुपैयाँ सहित सम्मानपत्र अर्पण गर्नुभयो।
सो अवसरमा प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनाले प्रतिष्ठानको गतिविधिमाथि प्रकाश पार्दै ठाकुर शर्मा भण्डारीको योगदान र साहित्यिक क्षेत्रमा सक्रियताको प्रशंसा गर्नुभयो। यसैगरी २०७६ को सो पुरस्कार कौशल्या जोशीलाई अर्पण गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सुशीलविक्रम थापा, महासचिव डा. मिलनदेव भट्टराई, कोषाध्यक्ष प्रा. डा. गजबकुमारी शर्मा तिमिल्सिना, इन्दिरा पराजुली, लक्ष्मीप्रसाद खनाल लगायतले बोल्नुभएको थियो भने मुकुन्दराज पन्तले पुरस्कृत स्रष्टा ठाकुर शर्मा भण्डारीको कृतित्व र व्यक्तित्वका विविध पाटाबारे चर्चा गर्नुभएको थियो।
पुरस्कृत स्रष्टा भण्डारीले प्रतिष्ठानबाट सम्मानित भएकामा खुसी व्यक्त गर्दै आफूसमेतको संलग्नतामा स्थापित दायित्व वाङ्मय प्रतिष्ठानको स्थापना र गतिविधिको सम्झना गरेर दुबै प्रतिष्ठानका स्थापनाको उद्देश्य समाजसेवाका साथै साहित्य र संस्कृतिको उन्नयन गर्नु रहेको औल्याउनुभयो।
त्यसअघि जिएमपी तिमिल्सिना प्रतिष्ठान नेपालको तेह्रौँ साधारण सभा सम्पन्न भएको थियो। सो सभाले पुन: प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको थियो।
कार्यक्रममा रामप्रसाद पन्त, यादव भट्टराई, केशवराज पन्त, डा. विश्वदीप अधिकारी, शिक्षासेवी लक्ष्यबहादुर केसी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
— यादव भट्टराई
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x