साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी घोडा दुई कौडीका

Nepal Telecom ad
हामी घोडा दुई कौडीका
बस् भने बसिदिन्छौँ
उठ् भने उठिदिन्छौँ
हिँड भने हिँडिदिन्छौँ
दौडीभने दौडीदिन्छौँ
मालिक जेजे आदेश दिन्छ
हामी त्यहीत्यही गरिदिन्छौँ
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
कहिले मालिक मातेर आउँछ
हाम्रो ढाडमा बान्ता गर्छ
जथाभावी गाली गर्छ
त्यस्सै सत्तोसराप गर्छ
हामी चल्मलाउनुहुन्न
उसलाई केही भन्नुहुन्न
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
हाम्रो कुनै औकात छैन
हाम्रो कुनै मूल्य छैन
हाम्रो कुनै सपना छैन
हाम्रो कुनै संसार छैन
हाम्रो काम भारी बोक्ने
हाम्रो काम मालिक रिझाउने
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
हाम्रो मालिक भाषण गर्छ
बहुत मिठो कुरा गर्छ
दासप्रथाको विरोध गर्छ
ठालुहरूको खोइरो खन्छ
हाम्रो निम्ति आँसु झार्छ
हाम्रै दानापानी खोस्छ
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
गफमात्रै हाँक्नेसँग
हाम्रो मालिक साह्रै खुसाउँछ
काम गर्ने कर्मीसँग
किनकिन त्यस्सै रिसाउँछ
जयजयकार गर्नुपर्छ
उसको निम्ति मर्नुपर्छ
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
हेटौंडा
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x