सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हामी घोडा दुई कौडीका

Nepal Telecom ad
हामी घोडा दुई कौडीका
बस् भने बसिदिन्छौँ
उठ् भने उठिदिन्छौँ
हिँड भने हिँडिदिन्छौँ
दौडीभने दौडीदिन्छौँ
मालिक जेजे आदेश दिन्छ
हामी त्यहीत्यही गरिदिन्छौँ
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
कहिले मालिक मातेर आउँछ
हाम्रो ढाडमा बान्ता गर्छ
जथाभावी गाली गर्छ
त्यस्सै सत्तोसराप गर्छ
हामी चल्मलाउनुहुन्न
उसलाई केही भन्नुहुन्न
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
हाम्रो कुनै औकात छैन
हाम्रो कुनै मूल्य छैन
हाम्रो कुनै सपना छैन
हाम्रो कुनै संसार छैन
हाम्रो काम भारी बोक्ने
हाम्रो काम मालिक रिझाउने
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
हाम्रो मालिक भाषण गर्छ
बहुत मिठो कुरा गर्छ
दासप्रथाको विरोध गर्छ
ठालुहरूको खोइरो खन्छ
हाम्रो निम्ति आँसु झार्छ
हाम्रै दानापानी खोस्छ
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
गफमात्रै हाँक्नेसँग
हाम्रो मालिक साह्रै खुसाउँछ
काम गर्ने कर्मीसँग
किनकिन त्यस्सै रिसाउँछ
जयजयकार गर्नुपर्छ
उसको निम्ति मर्नुपर्छ
हामी पशु फोहर छिँडीका
हामी घोडा दुई कौडीका ।
हेटौंडा
Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल