साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्कुल चाहिँदैन

तर स्कुलभित्र आजकल कोरोना पसेको छ पढ्न जान पाइदैन

Nepal Telecom ad

स्कुलै छेउमा मदिरा पसल
दिनभरि खुलेको छ
त्यसैको छेउमा स्कुलमा चाहिँ
भोटेताल्चा लागेको छ
पढ्न जाऊ भन्यो पढ्न पाइदैन
अब देशलाई स्कुल चाहिंदैन !

मदिरा पसलमा
जोडीहरू टाँस्सिएर बस्दा कोरोना सर्दैन
स्कुलमा स्वास्थ्यको मापदण्ड हुन्छ
त्यसैले
सरकारलाई बच्चा स्कुल गएको मन पर्दैन
गेट बन्द छ सिक्न पाइँदैन
अब देशलाई स्कुल चाहिंदैन !

चुरोटको धुवाँ उडेको छ
चिया पसलहरुमा
नेताहरु गफिएका छन फोस्रा गफहरुमा
बसमा उभिने ठाउँ छैन
यातायातमा ठेलमठेल छ
मालपोतमा पेलमपेल छ
कोरोना स्कुलमा मात्र छ पस्न पाइदैन
अब देशलाई स्कुल चाहिंदैन !

पार्टीको अधिवेशन चलेको छ
त्यहाँ कोरोना सर्दैन
बजारमा तँछाडमछाड चलेको छ
त्यहाँ कोरोनाले कोही मर्दैन
तर स्कुलभित्र आजकल कोरोना पसेको छ
पढ्न जान पाइदैन
अब देशलाई स्कुल चाहिंदैन !

लाग्छ :
स्कुलका शिक्षक कोरोना हुन्
उनीहरुले पढाएको ज्ञान ओमिक्रोन हो
बालबालिका बस्ने डेस्क बेन्चभरि
कोरोनाको डङ्गुर छ
बाटोचाहिँ जाम छ
कोरोना निसास्सिएर मरेको छ
यहाँ अरू काम गर्न पाइन्छ पढ्न पाइदैन
अब देशलाई स्कुल चाहिंदैन !

सरकार भन्छ :
स्कुलभन्दा सडक सुरक्षित छ
स्कुलभन्दा भट्टीपसल सुरक्षित छ
अनि स्कुलभन्दा साझा बस सुरक्षित छ
यातायात विभाग र मालपोत सुरक्षित छ
स्कुल जान मनाही छ
त्यसैले स्कुल जान पाइदैन
अब देशलाई स्कुल चाहिंदैन !

पढेर मान्छे जान्नेसुन्ने भए
पढेर मान्छे कर्तुत बुझ्ने भए
पढेर मान्छे वाइडबडी र उम्नि  बुझ्ने भए
मिलमतोमा देश सकिएको बुझ्ने भए
त्यसैले स्कुल जान पाइदैन
अब देशलाई स्कुल चाहिंदैन !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x