साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘गाउँसँग कविता’ वाचन तथा पुरस्कार अर्पण

रामप्रसाद देवी ओली प्रतिष्ठानले आयोजना गरेको ‘गाउँसँग कविता’ तथा ‘पुरस्कार अर्पण र सम्मान’को कार्यक्रममा सम्पन्न भयो ।

Nepal Telecom ad

झापा । ८ जेठ, ०७९ । रामप्रसाद देवी ओली प्रतिष्ठानले आयोजना गरेको ‘गाउँसँग कविता’ तथा ‘पुरस्कार अर्पण र सम्मान’को कार्यक्रममा सम्पन्न भयो ।

कार्यक्रम प्रतिष्ठानका संस्थापक विष्णुप्रसाद ओलीको अध्यक्षता, तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा.तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरेको विशिष्ट आतिथ्य, प्राज्ञसभासद सुभद्रा भट्टराई, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, कञ्चनजङ्घा एफएमका प्रबन्धनिर्देशक चन्द्र भण्डारी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, विजय खरेल, निर्मला शर्मा नेउपानेको आतिथ्यमा भएको कार्यक्रमको संचालन क्षितिज साहित्य समूहका तुलसीप्रसाद भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष विष्णुप्रसादले स्वागत मन्तव्य र संस्थाको परिचय गरेर अघि बढेको कार्यक्रममा चन्द्र भण्डारीलाई कुशल पत्रकार, समाजका उपमेय व्यक्तिका रुपमा रु ११,००५।- राशीको पुरस्कार र सम्मानपत्र सहित पुरस्कृत गरियो । सो अवसरमा चन्द्र भण्डारीको व्यक्तित्व परिचय प्राज्ञसभासद सुभद्रा भट्टराईले गराउनु भएको थियो । अरनिको विद्यालयबाट कक्षा ९मा पास गर्ने उत्कृष्ट छात्र-१, छात्रा-१ लाई जनही रु ५,०००।- पाँच हजार पुरस्कार दिने क्रममा आज निर्मला राउत र डम्बर राउत पुरस्कृत भए ।

यस्तै उत्कृष्ट किसानको रुपमा धनबहादुर बस्नेत, कुशल गृहिणी श्रीमती भजेन्द्र श्रेष्ठ, कुशल शिक्षाप्रेमी पुस्तकालय सञ्चालक प्रेमप्रकाश फलाहारी, गौसंरक्षण अभियन्ता अञ्जनी संग्रौला, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, निर्मला शर्मा नेउपाने, दीपक नेउपानेलाई दोसल्ला तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिष्ठानका संस्थापक विष्णुप्रसाद ओलीको दोस्रो कृति मुक्तक संग्रह ‘मेरी परी’को प्रमुख अतिथि तथा अतिथिवर्गबाट लोकार्पण गरिएपछि सो कृतिको परिचर्चा पूर्व उपकुलपति विष्णुविभू घिमिरेले गर्नुभएको थियो ।

‘गाउँसँग कविता’ कार्यक्रम अन्तर्गत कविगोष्ठीमा लीना भण्डारी, टीका भट्टराई नेपाल, मिना अधिकारी, मातृका संग्रौला, हरि पौडेल, कृष्णप्रसाद रिजाल (इलाम), भगवती ढुङ्गेल, जय आचार्य, पुण्यप्रसाद खरेल, विजय खरेल, सुरक्षा ओली, मिरा काफ्ले पोखरेल, नमूना शर्मा, केसाङ लामाले कविता वाचन गर्नुभएको कार्यक्रममा पुण्यप्रसाद खरेल, कृष्णप्रसाद उप्रेती, चन्द्र भण्डारी तथा प्रमुख अतिथि डा तुलसीप्रसाद भट्टराईले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मेचीनगर-७, गोमनसरी ओलीगाउँमा भएको यो भव्य कार्यक्रममा प्रतिष्ठित व्यक्तित्वहरु स्रष्टा साहित्यकार कृष्ण बराल, कुमार भट्टराई, सासंकका अध्यक्ष छविलाल खतिवडा, अरनिको आधारभूत विद्यालयका प्रअ अग्निप्रसाद घिमिरे, धुलाबारी क्याम्पस संचालक समितिका अध्यक्ष भीम खवास, शिरो सान्दाइ, पार्वती खरेल, जेष्ठ नागरिक झापाका अध्यक्ष हरिप्रसाद ओली, युद्धराज ओली, तारा ओली, चेतराज ओलीलगायत सयौं स्थानीय समाजसेवी व्यक्तित्वहरुको उपस्थिति थियो ।

– पुण्य खरेल, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x