सुलसुलेरमेश विकल-अरुणिमा चित्रकला प्रतियोगिता
रमेश विकल-अरुणिमा अन्तर विद्यालय स्थलगत चित्रकला प्रतियोगिताको आज उद्घाटन सम्पन्न भयो ।

काठमाडौं, असोज ३ । रमेश विकल-अरुणिमा अन्तर विद्यालय स्थलगत चित्रकला प्रतियोगिताको आज उद्घाटन सम्पन्न भयो ।
नव अरुणिमा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोपाल बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि रमेश विकल साहित्य प्रतष्ठानका उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको थियोे ।
रमेश विकल साहित्य प्रतष्ठानका महासचिव विजय चालिसे, अरूणिमा शैक्षिक प्रतिष्ठाका अध्यक्ष भीमानन्द ढुङ्गाना, सोही प्रतिष्ठानका कार्कारी प्रमुख इश्वरीप्रसाद लनमिछाने, शम्भु बडाल, अर्जुन दङ्गाल, मूल्याङ्कनकर्ताद्वय सुनीता डङ्गोल, प्रकाश शाक्य लगायत अतिथि रहनुभएको सो प्रतियोगितामा ११ विद्यालयका ३३ जना विद्यार्थीहरूले भाग लिएका थिए ।
सहभागी विद्यार्थीहरूमध्ये नव अरुणिमा मावि आरुबारीका छात्रा दिव्यांश रिसाल प्रथम, अरुणिमा मावि बौद्धका छात्रा सिरीकन्या राई द्वितीय, विद्यासागर माविका छात्रा विनिता तामाङ तृतीय र नवअरूणिमा मावि तथा पाँचपोखरी माविका छात्रद्वय सभ्यता थापा र कुसाङ शेर्पाले सान्त्वना घोषित भएका छन् ।
पुरस्कृत पाँचजना विद्यार्थीलाई सधैं झैं रमेश विकलको जन्मजयन्तीका अवसरमा (आगामी कार्तिकमा पर्ने भाइ टीकाको विहान) पुरस्कार अर्पण गरिनेछ ।
०००
Subscribe
Login
0 Comments
Oldest












































