साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म उत्कृष्ट राजा

आफ्नै बन्धुहरू रसातल पुगुन् राजा बनूँ स्वर्गको । मागेछन् अधिकार नै यदि भने बिल्ला दिऊँ दैत्यको । चाहे मूर्ति कुनै बिकोस् धन मिलोस् मेरो यही चाहना, चाहे देश डुबोस् डुलूँ सगरमा मेरो यही कामना ।

Nepal Telecom ad

मौकामा युगको बयान म गरूँ पुज्दै हिडूँ नारद
कल्पेको बरदानले महिषको आख्यान लेखूँ सब
हात्तीमा भगवानको भ्रम छरूँ सामर्थ्य औ गौरव
बृन्दाको छलले म इज्जत हरूँ पापी त जालन्धर ।

आफ्नै बन्धुहरू रसातल पुगुन् राजा बनूँ स्वर्गको
मागेछन् अधिकार नै यदि भने बिल्ला दिऊँ दैत्यको
ढोकामा हनुमानको भजन होस् गाथा चलोस् रामको
कालो रावणमा सदैव घसियोस् चर्चा नहोस् कामको ।

टासौं चन्दनको टिका सरलता झल्काउँदै माथमा
बोकौं खञ्जर स्वार्थको कपटको निर्धक्क भै साथमा
बेचौं आब्रु गरीबका उदरका खालीपनामा रमौं
चिल्लो शब्द सुनाउदा समरको योद्धा म आफैं बनौं।

चाहे मूर्ति कुनै बिकोस् धन मिलोस् मेरो यही चाहना
चाहे देश डुबोस् डुलूँ सगरमा मेरो यही कामना
मेरो ग्याँङ अमुल्य मान्नु सबले बाँकी यहाँ के कहूँ
चेला हूँ प्रभुको समस्त जगको उद्वार गर्ने म हूँ।

०००

नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x