सुलसुलेझरनाको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
झरना साहित्यिक परिवार मकवानपुरको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष पदमा विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सचिवमा मसान उपासक चयन हुनु भएको छ ।

हेटौँडा, आश्विन ३ । झरना साहित्यिक परिवार मकवानपुरको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष पदमा विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सचिवमा मसान उपासक चयन हुनु भएको छ ।
साथै झरना-बकैया वाङ्मय प्रतिष्ठान गठनका लागि तदर्थ समिति समेत बनेको छ । सो तदर्थ समिति दीपक गौतमको संयोजकत्वमा गठन भएको हो ।
झसापका निवर्तमान अध्यक्ष दीपक गौतमले झसापले विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएकोमा अब वाङ्मय प्रतिष्ठानका नाममा कला, भाषा, संस्कृति समेतको उत्थानमा लागिपर्ने बताउनु भयो ।
कार्यक्रममा बकैया गापा अध्यक्ष धर्मराज लामिछानेले बौद्धिक तथा साहित्यिक जगतसँग दशैंलगत्तै वृहत छलफल गर्ने वाचा गर्नुभयो ।
झसापले १० पुरस्कार वितरण, दशौँ विद्यालयमा साहित्यिक कार्यक्रम, छात्रवृत्ति, साहित्य महोत्सव, विभिन्न कार्यशाला तथा प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, नेपाली भाषा शिक्षा परिषद मकवानपुरका अध्यक्ष केशव सञ्जेल, अभियन्ता तथा मामाघर नेपालका संरक्षक अर्पण पराजुली, बकैया गापाका अध्यक्ष धर्मराज लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
महेन्द्र मा.वि., बकैया- ४ मा भएको सो कार्यक्रममा सर्जकहरू पुरूषोत्तम आचार्य, सुवास खनाल, संप्रस पौडेल, वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालको शुभकामना तथा रचना वाचन रहेको थियो ।
०००
– संप्रस पौडेल, हेटौडा
Subscribe
Login
0 Comments
Oldest











































