साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृभूमि साहित्य समाजको रचना वाचन कार्यक्रम

संस्थाको २४ औँ स्थापना दिवसको उपलक्ष्यमा शुभ विजयादशमी, दीपावली तथा छठ पर्वको पूर्व सन्ध्यामा शुभकामना तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

२०७९ असोज ३, हेटौंडा । मातृभूमि साहित्य समाज हेटौंडाले रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको २४ औँ स्थापना दिवसको उपलक्ष्यमा शुभ विजयादशमी, दीपावली तथा छठ पर्वको पूर्व सन्ध्यामा शुभकामना तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

मातृभूमि साहित्य समाजका कार्यसमिति सदस्य किशन पौडेलद्वारा हरेक वर्ष उत्कृष्ट लघुकथा कृतिलाई कृतिगत रूपमा नगद रु. ११,१११/ राशीको “मातृभूमि लघुकथा रत्न सम्मान” प्रदान गर्ने घोषणा गरियो ।

कार्यक्रममा विभिन्न साहित्यिक संघसंस्था एवम् तथा सामाजिक शैक्षिक व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष हयग्रीव आचार्य, वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, महाकाव्यकार मुना अर्याल, नेपाली लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्य, सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछाने, पिएम सेन्टरका प्रमेन्द्र महर्जन लगायत स्रष्टाहरूले शुभकामना एवम् रचना वाचन गर्नुभएको थियो ।

वरिष्ठ लघुकथाकार डा.पुष्करराज भट्टको प्रमुख आतिथ्ययतामा सम्पन्न सो कार्यक्रम संस्थाका अध्यक्ष माधव पोखरेलको सभाध्यक्षतामा सम्पन्न भएको हो । जसमा चौथो संस्मरण मातृभूमि लघुपुस्तिका विमोचन गरिएको थियो ।
कार्यक्रम संस्थाका महासचिव हेमन्त ढुङ्गेलले सञ्चालन गर्नुभएको थियो ।

०००
– संप्रस पौडेल, हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x