साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनि कविता किन लेख्नु ?

हलुका खेल छैन देश बनाउन अनि असनको साँढे संसदमा लडिरहेको बेला कसले कलम अचाउँछ विचारको लडाइँमा कसले पो दियो जलाउँछ अनि किन कविता लेख्नु ?

Nepal Telecom ad

हामी टाटेपाङ्ग्रे दौरा उन्नेलाई
मज्जाले महापुरुष बनाउछौँ
हामी बामे सरेको गठबन्धनलाई
आचपन गर्न हाकिम बनाउछौँ
हामी पेट उकास्न
कतै गोठालोलाई श्रीपेच भिराउछौँ
हामी कतै पेटमा ड््याम्म हान्न
सुकेको सिन्कालाई लौरो बनाउछौँ
सुकिलो मानिसको अस्तित्व धरापमा परेको बेला
अनि किन कविता लेख्नु ?

दुनियाले कविताको परिभाषा
नयाँ खोजिरहेको बेला
टाटेपाटे बैँश हराएको बेला
रङ्गविहिन आकाशमा बेहुलाको लागि इन्द्रेणी खोज्छौँ
कविताको अमिलो रागमा हात धुनुपरे पनि
धमिलो रङ्ग हाल्नु
हामी भित्रभित्रै निथ्रिएको बेला
किसानको धुलौटे मुटु माटोमा खिएको बेला
हाम्रो स्वार्थ फाटेको बेला
अनि कलमलाई दैनिक पाठपूजा गरेर
किन कविता लेख्नु ?

पिकनिक गएजस्तो सजिलौ छैन देश बनाउन
अँधेरी रातमा रत्यौली खेलेजस्तो
हलुका खेल छैन देश बनाउन
अनि असनको साँढे संसदमा लडिरहेको बेला
कसले कलम अचाउँछ
विचारको लडाइँमा कसले पो
दियो जलाउँछ
अनि किन कविता लेख्नु ?

०००
हालः सिड्नी अस्टेलिया
२०७९ आश्विन १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x