साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनि कविता किन लेख्नु ?

हलुका खेल छैन देश बनाउन अनि असनको साँढे संसदमा लडिरहेको बेला कसले कलम अचाउँछ विचारको लडाइँमा कसले पो दियो जलाउँछ अनि किन कविता लेख्नु ?

Nepal Telecom ad

हामी टाटेपाङ्ग्रे दौरा उन्नेलाई
मज्जाले महापुरुष बनाउछौँ
हामी बामे सरेको गठबन्धनलाई
आचपन गर्न हाकिम बनाउछौँ
हामी पेट उकास्न
कतै गोठालोलाई श्रीपेच भिराउछौँ
हामी कतै पेटमा ड््याम्म हान्न
सुकेको सिन्कालाई लौरो बनाउछौँ
सुकिलो मानिसको अस्तित्व धरापमा परेको बेला
अनि किन कविता लेख्नु ?

दुनियाले कविताको परिभाषा
नयाँ खोजिरहेको बेला
टाटेपाटे बैँश हराएको बेला
रङ्गविहिन आकाशमा बेहुलाको लागि इन्द्रेणी खोज्छौँ
कविताको अमिलो रागमा हात धुनुपरे पनि
धमिलो रङ्ग हाल्नु
हामी भित्रभित्रै निथ्रिएको बेला
किसानको धुलौटे मुटु माटोमा खिएको बेला
हाम्रो स्वार्थ फाटेको बेला
अनि कलमलाई दैनिक पाठपूजा गरेर
किन कविता लेख्नु ?

पिकनिक गएजस्तो सजिलौ छैन देश बनाउन
अँधेरी रातमा रत्यौली खेलेजस्तो
हलुका खेल छैन देश बनाउन
अनि असनको साँढे संसदमा लडिरहेको बेला
कसले कलम अचाउँछ
विचारको लडाइँमा कसले पो
दियो जलाउँछ
अनि किन कविता लेख्नु ?

०००
हालः सिड्नी अस्टेलिया
२०७९ आश्विन १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x