सुलसुलेकर्मदा सिर्जना मञ्चले सम्झियो माधव घिमिरेलाई
कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको २०७९ आश्विन ३१ गते चौबीसौं प्रविधिमैत्री कविगोष्ठी राष्ट्रिकवि माधव घिमिरेमा समर्पित गर्दै सम्पन्न भयो ।

कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको २०७९ आश्विन ३१ गते सोमवार साँझ ५.०० बजे चौबीसौं प्रविधिमैत्री कविगोष्ठी राष्ट्रिकवि माधव घिमिरेमा समर्पित गर्दै सम्पन्न भयो ।
अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि गङ्गा लिगल, पुरुषोत्तम सिग्देल, भाग्यशाली अधिकारी, सीताराम अधिकारी, जनार्दन अधिकारी धड्कन, गोविन्द घिमिरे वेदमणि, मणिराज सिह, कलानिधि दाहाल विशिष्ट अतिथि एवं समीक्षकको उपस्थितिमा रचना वाचन भव्य रूपमा सम्पन्न भएको हो ।
स्रष्टाहरूको सघन र व्यापक उपस्थितिमा राष्ट्रकवि माधव घिमिरे जयन्तीको अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, खोरिया, गीत, साइनो तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूणर् थिए ।
यस अवसरमा रचना वाचन गर्ने स्रष्टा क्रमशः डा. बमबहादुर थापा जिताली, कलानिधि दाहाल, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, मुकुन्द शर्मा चालिसे, सीताराम अधिकारी, नारायणप्रसाद पोखरेल, भाग्यशाली अधिकारी, खोलाघरे साइलो, जनार्दन अधिकारी धड्कन, दुष्यन्त भट्टराई, गोविन्द घिमिरे वेदमणि, मणिराज सिंह, परसुराम परासर, चन्द्रावती अधिकारी, बिनुबाबा घिमिरे, कल्पना अधिकारी भट्टराई, वीरबहादुर लोहनी, एम, उत्तम भेटुवाल, तिला लेकाली, कल्पना देबकोटा, गोम बिक्रम, हरिप्रसाद चौलागाई, दुर्गा रिमाल आधिकारी, सुधा वस्कोटा ढकाल, यज्ञश सुवेदी, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, सिर्जना खनाल, ललिता दोषी, दुर्गा अधिकारी भमरकोटे, लक्ष्मण थापा, वासु ठकुरी, कालीचरण बस्नेतले रचना वाचन गर्नु भएको थियो ।
प्रमुख आमन्त्रित थापाले कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलाएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले मन्त्र मुग्ध बनाए भन्नु भएको थियो । कविगोष्टी महकीय थियो । राष्ट्रकविलेले साहित्य उत्थानको लागि गर्नु भएको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।
समीक्षक वरिष्ठ कवि कलानिधि दाहालज्यूले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । सो अवसरमा निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो । उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको गतिविधि प्रस्तुत गर्नु भएको थियो । संस्कृतविद् शताब्दी पुरुष सत्यमोहन जोशीको आत्माको शान्तिको लागि १ मिनेट मौन धारण गरिएको थियो ।
गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । सम्पूणर् स्रष्टाको गरिमायम उपस्थितिले कर्मदाको कविगोष्ठी सभ्य भव्य शैलीमा सफल बनाउनु हुने सम्पूणर् स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कार्यक्रमको संयोजन पोखरेलले गर्नु भएको थियो ।
०००
– जगदीश्वर पोखरेल
Subscribe
Login
0 Comments
Oldest











































