साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको ७०औँ शृङ्खला

मनोहरा साहित्य समाजको ७० औं शृङ्खला समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा ग्लोबल पब्लिक स्कूलको सभाकक्षमा सम्पन्न भएको छ ।

Nepal Telecom ad

मनाेहरा, काठमाडाैं,  २०७९, कार्तिक १९ । मनोहरा साहित्य समाजको ७० औं शृङ्खला समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा ग्लोबल पब्लिक स्कूलको सभाकक्षमा सम्पन्न भएको छ ।

कार्यक्रम समाजका सचिव भावकेशर बरालको सञ्चालन, लेखक शीतल गिरी, जसध्वज गुरुङ, इ.चिरञ्जीवी रेग्मी.डिल्लीप्रसाद मूलतिहुन, नारायण नेपाल माजसेवी गीता कार्की लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

समाजका अध्यक्ष अर्यालको स्वागत मन्तव्य एवं रचनावाचनबाट प्रारम्भ भएको, गीता कार्की, कपिल अर्याल, निरज खत्री, चिरञ्जीवी रेग्मी लगायतका सभ्य स्रोताहरू रहेको सो कार्यक्रममा डिल्लीप्रसाद मूलतिहुन, नारायण नेपाल, न्यौपाने, समीर पाख्रिन,ओम आचार्य, प्रमोद भण्डारी, रत्ननिधि रेग्मी, सध्वज गुरुङ, केशव ज्ञवाली ’आगत’, भुवन शिवाकोटी ‘चौघरे’, सम्पत् काफ्ले, सुमन पुडासैनी, शीतल गिरी, भावकेशर बराल, खोलाघरे साहिंलो आदि स्रष्टाले रचनावाचन गर्नुभएको थियो भने समाजका कोषाध्यक्ष समेत रहनुभएका समीक्षक खोलाघरे साहिंलाले वाचित रचनाहरूको संक्षिप्त टिप्पणी गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x