साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव विशेष हास्यव्यङ्ग्य कवि सम्मेलन

रेडियो अडियोकाे हास्यव्यङ्ग्य कार्यक्रम कुरा कम्पनी र फित्कौली डट कमको सयुक्त आयोजनामा चुनाव विशेष हास्यव्यङ्ग्य कवितागोष्ठी सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं । २०७९, कार्तिक १९ । रेडियो अडियोकाे हास्यव्यङ्ग्य कार्यक्रम कुरा कम्पनी र फित्कौली डट कमको सयुक्त आयोजनामा चुनाव विशेष हास्यव्यङ्ग्य कवितागोष्ठी सम्पन्न भयो ।

कुरा कम्पन्नीको संयोजक प्रेम ओलीले स्वागत मन्तव्य सहित अनौपचारिक रूपमा आरम्भ भएको गोष्ठीमा २५ जना हास्यव्यङ्ग्य स्रष्टाले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चट्याङ मास्टर, डा बमबहादुर जिताली,  नरनाथ लुइटेल, डम्बर घिमिरे, थरेन्द्र बराल, प्रेम वली ढकलपुरे, हरिकला उप्रेती, रुद्र अधिकारी, गोप्पे दाजु, चक्र दवाडी, पुन्य आचार्य, प्रेम राई परिक्षित, डिल्लीप्रसाद मुलतिहुन, ललिता दोषी, रबिन्द्र आशिस शैली, उदयचन्द्र दास, टेकबहादुर लौडारी, नारायण नेपाल, सबिता पोखरेल, तेजप्रसाद श्रेष्ठ, अपसरा सुनार, ॐ नरहरी श्रेष्ठ, शिवप्रशाद जैशी, रेजिना अपगाँई, सविता बराल लगायत स्रस्टाहरूले निक्कै रमाइलो तथा जोडदार प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्यारोडी, गीत, मुक्तक र कविता संरचनामा रचित अधिकांश सिर्जना हुन गइरहेको निर्वाचनमा केन्द्रित थिए । नेता र नेतृत्व, चुनावी टिकट वितरण, चुनाव जित्नका लागि गरिने अलोकतान्त्रिक हतकन्डा, दलिय गठबन्धन मार्फत देखिएका अकर्मण्यता माथि सिर्जना मार्फत सशक्त हाँसो र मजाक उडाउँदै व्यङ्ग्य गरिएको थियो ।

धन्यवाद ज्ञापनको क्रममा फित्कौली डटकमका सम्पादक नरनाथ लुइटेलले फित्कौली नेपाली भाषाको एकमात्र हास्यव्यङ्ग्य अनलाइन हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गर्ने साझा प्लेटफर्म भएको बताउँदै हाम्रो आमन्त्रण स्वीकार गरि आफ्ना सिर्जना सहित उपस्थित हुने हास्यव्यङ्ग्य स्रष्टाप्रति आभार व्यक्त गर्नु भएको थियो ।

कवि किर्ते पौडेलले मनोरञ्जक ढङ्गले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

रेडियो अडियोको सभाकक्षमा सञ्चालित कार्यक्रम रेकर्ड गरिएको र हरेक बिहीवार साझ ८ बजे रेडियो अडिओको १०६.३ मा कुराकम्पनी अन्र्तगर्त सुन्न सकिनेछ भने युटुव च्यानलमा forsee network अन्तर्गत हेर्न पनि सकिनेछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x