साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार दिव्य गिरीको कृति ‘पुत्लादहन’ लोकार्पण

साहित्यिक पत्रकार संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लघुकथाका बारे बिवेचनात्मक मन्तव्य ।

Nepal Telecom ad

काठमाडौं, साहित्यकार दिव्य गिरीको नवीन कृति ‘पुत्लादहन’ लघुकथासंग्रह आज पौष ६ गते काठमाडौं मीनभवन स्थित थाहा पुस्तकालयको सभाकक्षमा एक समारोहका बीच लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

साहित्यिक पत्रकार संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लघुकथाका बारे बिवेचनात्मक मन्तव्य दिनु हुँदै लघुकथाको भीडमा पृथक उपस्थिति देखाउन सफल साहित्यकार दिव्य गिरीले आफ्नो पहिचानलाई कायम गर्दै परिवर्तित समयको प्रवाहसंगै आफूलाई ढाल्दै लघुकथामा नयाँपन ल्याउन सुझ्याउनुभयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लोकार्पित पुस्तक माथि सुक्ष्म ढङ्गले टिप्पणी गर्नुहुँदै बिशेष अतिथि प्रा.डा.सावित्री मल्ल कक्षपतिले “साहित्य लेखनमा देशको संविधान प्रदत्त हक, अधिकार, समानतालगायतका बिषय समेटिएका साहित्य उत्कृष्ठ हुने” बताउनु हुँदै साहित्यकारको हिसावले स्रष्टा गिरी सेलिब्रेटि भएको र उहाँको साहित्यमा यी सबै विषय समेटिएको मन्तव्य व्यक्त गर्नुभयो ।

दामोदर पुडासैनिको स्वागत मन्तव्य र श्री बाबु कार्की उदासको प्रस्तुतिकरण रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधानले समिक्षात्मक मन्तव्य र अन्य अतिथिहरू प्रा.डा.नारायण गर्तौला, युवराज मैनालीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने लेखक दिव्य गिरीले लोकार्पित पुस्तक भित्रबाट २ वटा लघुकथाहरू ‘नाक’ र ‘पुत्लादहन’ वाचन गर्नुभएको थियो ।

गिरीवर प्रकाशन ललितपुरबाट प्रकाशित उक्त लघुकथासंग्रहमा जम्मा १११ वटा लघुकथाहरू संग्रहित छन् भने पुस्तकमा श्रीओम श्रेष्ठ ‘रोदन’, डा. पुष्करराज भट्ट, प्रा. मोहनराज शर्मा, युवराज मैनालीलगायतका भूमिका समेटिएका छन् ।

साहित्यकार गिरीका यस अघि ‘कङ्काल बस्ती (मुक्तकसंग्रह), सागर लहर किनार (गजलसंग्रह), धुनी तापेर (हाइकुसंग्रह), अनामिका (कथासंग्रह), स्वप्निल शिविर (मुक्तकसंग्रह), हराएका इलाकाहरू (कवितासंग्रह), भेडीगोठ , भेडो (लघुकथा संग्रह), स्वर्गीय पत्नीको संस्मरणमा लेखिएको सम्झनामा शकुन्तला (संस्मरणसंग्रह) र अंग्रेजी तथा नेपाली दुबै भाषामा ‘द जुबिल्यन्ट प्ले’ शीर्षकको हाइकुसंग्रह गरी १० वटा कृति प्रकाशित भइसकेका छन् ।

०००
– राजुराम मुनंकर्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x