नदी भट्टराईखुट्टा पुजेर खान्छन्
नेता जितेर जान्छन् चिन्दैन गाउँवस्ती मर्छन् अकाल रैती चन्दा बुझेर खान्छन्-

राम्रो छ वस्तु भन्दै सस्तो किनेर खान्छन्
साँचो छु भन्छ मान्छे आस्था भुटेर खान्छन्- १
प्रेमी हुँ भन्छ पैले माया विचित्र गर्छन्
भूलेर वासनामा साक्षी मुछेर खान्छन्- २
दुर्गा र विष्णु हुन् बा-आमा त भन्दछन् जो
सादी पछाडि सारा – बाचा खिपेर खान्छन्- ३
आदर्श बेच्न धर्ती आकाश जोड्छ व्यक्ति
झूटो विचार खेती व्यर्थै गरेर खान्छन्-४
माटो नबेच भन्छन् बेच्नेहरू तिनैले
कानून छैन ज्यूँदो आफैँ कुदेर खान्छन्- ५
भाषा विगार्छ विद्वान् आचार किन्छ बेच्छ
व्यापार गर्न सक्ने खुट्टा पुजेर खान्छन्- ६
नेता जितेर जान्छन् चिन्दैन गाउँवस्ती
मर्छन् अकाल रैती चन्दा बुझेर खान्छन्- ७
०००
इलाम
Subscribe
Login
0 Comments
Oldest







































