साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपन्यासकार रिना सुब्बाको ‘परिवर्तित अनुहार’को पुनःचर्चा

कार्यक्रमका प्रमुख अतिथि अमर दुङ्मालीले मन्तव्यको क्रममा लेखिका रिना सुब्बालाई थप सिर्जनशील शुभकामना पनि व्यक्त गरेपछि लेखिकाबाट पनि सद्भावमूलक आभार साटिएकाे थियाे ।

Nepal Telecom ad

मिरिक, २७ अप्रिल २०२३ अर्थात् २०८० बैशाख १४ । दार्जिलिङ जिल्लाको मिरिक नपाअन्तर्गत मिरिक नगर पुस्तकालयको भवनमा आख्यानकार रिना सुब्बाको तेस्रो कृति ‘परिवर्तित अनुहार’ उपन्यासको चर्चापरिचर्चा गरियो ।

दार्जिलिङ पब्लिकेशन सिङ्बुलीको आयोजना र कदमतल्लाको सौजन्यमा सो कार्यक्रम सम्पन्न भएको हो । केही समयअघि नै सार्वजनिक भएको उपन्यासलाई प्रतिभाप्रतिको ऊर्जास्वरूप पुनः चर्चापरिचर्चा कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा केही रचनावाचन, शुभकामना र कृतिमाथि सटिक टिप्पणीहरूसमेत भएकाले कार्यक्रम रोचक भएको बुझियो । विभिन्न स्रष्टा र द्रष्टाहरूको उपस्थिति रहेको कार्यक्रममा नगर पुस्तकालय मिरिकका अध्यक्ष गणेश बराइलीको अध्यक्षता, अमर दुङ्मालीको प्रमुख आतिथ्य, शीला लामा, सुरेन प्रधान, शीला गुरुङ, कमल सुब्बा, सुकबहादुर गजमेर, बुद्ध तामाङ, राधा रसाइली, विक्रम राई, आनन्द खड्का, रामप्रसाद क्षेत्री र सकिला गुरुङ आदिको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रम अत्यन्तै शोभनीय तरिकाबाट शुरु हुने क्रममा उपस्थित सबैमा खादार्पण गरेपश्चात मञ्चासिन व्यक्तित्वहरूबाट दीप प्रज्ज्वलन गरी कार्यक्रमको घुम्टी खोलिएको थियो । कार्यक्रममा दिवङ्त ज्ञातअज्ञात स्रष्टाहरूको श्रद्धाञ्जलीस्वरूप करिब दुई मिनट मौनधारणसमेत गरिएको थियो ।

कार्यक्रममा परिचर्चा गरिएको कृतिलाई पुनः चर्चामा ल्याउनुको अर्थ लुकेको प्रतिभा पहिचान गराउने उद्देश्य रहेको पाइयो साथै यसै अवसरमा कमला तामाङ र अरुणचन्द्र कुलुङले कवितावाचन पनि गरेका थिए । साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष साहित्यकार राजबहादुर राईले चर्चित पुस्तकमाथि अत्यन्तै मूल्यवान र सटिक टिप्पणी गर्दै नारीवादी धरातलको सामाजिक विषयवस्तुमा आधारित उपन्यासले क्रान्तिकारी चेतनाको व्यङ्ग्यात्मक अभिव्यक्ति सह्रानीय भएको उल्लेख गरे ।

नगर पुस्तकालय अधिकारी शीला गुरुङले पठन संस्कृतिको विकास तीब्र बनाउन सिर्जनशील सबैमा पुस्तकालयमा उपस्थित भई पुस्तक पढिदिएर आफूलाई ज्ञानमय बन्न र बन्न सहयोग गरी असल नागरिकको परिचय दिन अनुरोध गरिन् । त्यसैगरी आजका कार्यक्रमका प्रमुख अतिथि अमर दुङ्मालीले मन्तव्यको क्रममा लेखिका रिना सुब्बालाई थप सिर्जनशील शुभकामना पनि व्यक्त गरेपछि लेखिकाबाट पनि सद्भावमूलक आभार साटिएका हुन् । भावना र सद्भाव साट्ने क्रममा विशिष्ट अतिथि सुरेन प्रधानले पनि साहित्यकार कृष्ण प्रधानद्वारा लिखित जीवनीपरक कृति ‘नथाक्ने घोडा’ नगर पुस्तकालय मिरिकलाई हस्तान्तरण गरेका थिए ।

यसैगरी कार्यक्रमलाई सफल बनाउन तन, मन, बचन र कर्मलेसमेत सहयोग गर्ने अगमसिँह गिरी समाजलाई स- धन्यवादसहित स्मृति चिन्ह प्रदान गरिएको थियो ।

आयोजक समितिका संयोजक देवीलाल प्रधानको स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य प्रकाश पारिएको कार्यक्रममा साहित्य सुनौँ परिवार मिरिकका सह- सचिव कथाकार दीप प्रधानको सञ्चालन रहेको स्रष्टाद्वय सुकबहादुर गजमेर र दीप प्रधानले जानकारी दिएका हुन् ।

०००
मेची प्रतिनिधि नदी भट्टराई, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x