सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँस्कृतिक कार्यक्रम र ‘जूनेली’ को सार्वजनिकीकरण

दुईदिवसीय कार्यक्रमअन्तर्गत जेठ नौ गते विभिन्न खेलकुद र दोस्रो दिन सिर्जनशील पत्रिका ‘जुनेली’को विमोचन र विभिन्न साँस्कृतिक एवम् साङ्गीतिक कार्यक्रमद्वारा कार्यक्रम पनि सम्पन्न गरेको हो ।

Nepal Telecom ad

इलाम, ०८० जेठ १० ।सूर्योदय नगरपालिका – १२, करफोकस्थित वि.सं २०१० सालमा स्थापित विद्यालय करफोक विद्यामन्दिर माध्यमिक विद्यालयले आफ्नो ७१ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । दुईदिवसीय कार्यक्रमअन्तर्गत जेठ नौ गते विभिन्न खेलकुद र दोस्रो दिन सिर्जनशील पत्रिका ‘जुनेली’को विमोचन र विभिन्न साँस्कृतिक एवम् साङ्गीतिक कार्यक्रमद्वारा कार्यक्रम पनि सम्पन्न गरेको हो ।

आफ्नै खुला मञ्चमा सम्पन्न सो कार्यक्रममा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, शुभचिन्तकहरू र विद्यालयसँग कुनै न कुनै कोणबाट सम्बन्धित सम्पूर्ण महानुभावहरूको पनि बाक्लो उपस्थिति थियो ।

गायक, सङ्गीतकारसमेत रहेका विव्यस अध्यक्ष भूपेन्द्र राईको अध्यक्षता, नगरप्रमुख रणबहादुर राईको प्रमुख आतिथ्य, ११, का वडाध्यक्ष सन्तोष राईको विशेष आतिथ्य, प्रअ गणेशप्रसाद आचार्य, कार्यपालिका सदस्य लता गौतम अधिकारी, विमोचित सिर्जनशील पत्रिका ‘जुनेली’का समीक्षक लेखक तथा पत्रकार केदार शमा, विभिन्न विद्यालयका प्रअहरू दलबहादुर सापकोटा, मो. हासिम हुसेन, रचना राई, जेष्ठ सदस्य, भेषराज गर्तौला, इन्दिरा सापकोटा, पूर्व सदस्य मानबहादुर प्रधान, नगर बाल सञ्जालका अध्यक्ष निरोज चाम्लिङ राई, हेमराज अधिकारी र पूर्व विव्यस अध्यक्ष दीपक अधिकारी आदि व्यक्तित्वहरू अतिथि रहेका थिए ।

कार्यक्रम दुई भागमा विभाजित गरी सम्पन्न गरिएको थियो । अतिथि आशनग्रहण र शुभकामना मन्तव्य पहिलो सत्र र विशेष साङ्गीतिक, साँस्कृतिक तथा साहित्यिक कार्यक्रम भने दोस्रो शत्रमा सम्पन्न भएको थियो । कार्यक्रममा बालबालिकाहरूको लागि प्रतियोगितात्मक गायन तथा नृत्य पनि सम्पन्न भएको थियो जसमा मूल्याकनकर्ताद्वय साङ्गीतिक स्रष्टा पूजन प्रधान र बृष प्रधानले राजहंशको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा त्यहाँबाट विदाई हुनुभएका शिक्षकहरू दुर्गा कट्टेल, हेम महत, सञ्चिता तामाङ, विमल नेउपाने आदिलाई विद्यालय परिवारको तर्फबाट सम्मान पनि गरिएको थियो । नदी भट्टराई र रणवीर राईद्वारा क्रमशः कर्फोक, स्वामी र शुभकामना शीर्षकको कविता र ‘शिक्षा के हो थाहा भयो पाठशाला आएपछि …..’ गजल गरी दुई रचना पनि प्रस्तुत भएका थिए ।

जुनेली पत्रिकाको नगरप्रमुख रणबहादुर राईद्वारा सार्वजनिक भएपश्चात केदार शर्माद्वारा समीक्षा गरिएको थियो । वडा नं ११, १२ का वडध्यक्ष क्रमशः सन्तोष राई, शरण लिम्बू, वीरेन्द्र माविका प्रअ दलबहादुर सापकोटा, आयुर्वेद औषधालय आइतबारेका प्रमुख विजय श्रेष्ठ, पूर्व विव्यस अध्यक्ष दीपक शर्मा अधिकारी र नगरप्रमुख आदिले प्रतिनिधिमूलक र बैयक्तिक तथा सार्वजनिक विचार र शुभकामना मन्तव्य राखेका थिए । स-साना नानीबाबूहरूबाट राष्ट्रगान र नगरगान प्रस्तुत गरिएको थियो ।

विद्यालयका शिक्षकद्वय उमानाथ गर्तौला तथा साङ्गीतिक स्रष्टासमेत रहेका रमेश घिसिङले सहजीकरण गरिएको कार्यक्रममा प्रअ गणेशप्रसाद आचार्यले उपस्थित महानुभावहरूलाई स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

०००
– मेची प्रतिनिधि नदी भट्टराई

Fitkauli Publication Books comming soon
Nepal Telecom ad