साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५५ औं श्रृङ्खला

कार्यक्रम चूडा निर्भीकले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गंगा लिगलज्यूले गर्नुभएको थियो । कार्यक्रममा डा. बमबहादुर जितालीज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेष्ठ १० । बुधबार साँझ ५।३० बजेबाट शुरु भएको चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५५ औं श्रृङ्खला स्वतन्त्र विधामा सम्पन्न भएको छ । कार्यक्रम चूडा निर्भीकले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गंगा लिगलज्यूले गर्नुभएको थियो ।

कार्यक्रममा डा. बमबहादुर जितालीज्यूको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनज्यूले स्वागत मन्तव्य दिएर शुरु भएकोमा रचना वाचन क्रमशः जनार्दन अधिकारी धड्कनले ५ वटा खोरिया वाचन, उत्तम भेटुवालले शिखरिणी छन्दमा ज्ञानेन्द्रिय शीर्षकको कविता, यज्ञ सुवेदीले विराग, सीतादेवी पाण्डेले खोरिया तथा पिता सम्बन्धी छोटो कविता, टेकबहादुर लौडारीले गठजोड शीर्षकको व्यङ्ग्य कविता, सीता पन्थीले चारु, बीरबहादुर लोहनीले लोकभाकाको कविता, शोभा कडरियाले लयात्मक कविता, उर्मिला पन्तले आमा शीर्षकको कविता, अनुराधा थापाले आमा कवितांश, द्वारिका कुईंकेलले मार्मिक राष्ट्रिय भावको प्यारोडी कविता, संझना भावुकले मर्मस्पर्शी आमा कविता, घनश्याम पौडेलले डि.भी. परेपछि भन्ने यथार्थपरक कविता, दुर्गा क्षत्रीले आमामा समर्पित उच्च सम्मानका शब्दपछि मार्मिक गौरी शीर्षकको कविता, संगीता ठाकुरले आमालाई संझिदै “नेपाल हम्मर प्राण यो” शीर्षकको रसिलो र राष्ट्रिय भावको मैथिली कविता, चूडा निर्भीकले आफूले प्रवर्तन गरेका ५ वटा घुयँत्रोहरू, कलानिधि दाहालले महत्वपूर्ण भनाईपछि आडम्बर सम्बन्धी अनुष्टुपमा कविता, डा बमबहादुर थापाले हाम्रा नेता मरेका श्याल भन्ने भावको कसिलो व्यग्यकविता र कार्यक्रमका अध्यक्ष गंगा लिगलले ५ वटा खोरियाहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रमूख अतिथिका रुपमा कार्यक्रम अत्यन्त उत्कृष्ट रहेको विभिन्न विधाहरू समावेश भएर उत्कृष्ट रचना आउनु भनेको चन्द्रागिरिको गुणात्मक फड्को हो भन्नुभयो भने नयाँ नयाँ विधाहरू थपिईरहेका छन् नयाँ विधामा पनि घुयँत्रो विशेष बनेर आएको छ, म पनि लेख्न थाल्छु भन्ने घोषणा गर्नुभयो र चन्द्रागिरि साहित्य प्रतिष्ठान आगामी दिनमा अझै सशक्त बनेर जाओस् भन्ने शुभकामना दिनुभयो ।

सुसेली साहित्य विधाका प्रवर्तक आदरणीय साहित्यकार दुर्गा अधिकारी भ्रमरकोटेकी ममतामयी आमाको निधन भएकोमा मृत्यु भएको १५ औं दिन शोकसहित पहिलोपटक यस कार्यक्रमलाई माया गरेर जोडिनु भएकोमा सबै सर्जकहरू र चन्द्रागिरि साहित्य प्रतिष्ठानका तर्फबाट मृतात्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरियो ।

अन्त्यमा कार्यक्रमको समापन गर्नु हुने प्रतिष्ठानकी संरक्षक समेत रहनुभएकी आदरणीय सर्जक गंगा लिगलले आफ्ना अत्यन्तै सारगर्भित भनाईहरू कवितात्मक शुभवचन सहित व्यक्त गर्नुभयो र आफ्नो रचना वाचनपछि सबै सर्जकहरूलाई धन्यवदाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभयो ।

०००
– धड्कन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x