साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुल्दो जवानी गयो

भित्री मानस खुल्न खोज्छ जब त्यो रोएर बस्ने किन आस्था फुल्छ गुराँसझैँ पवनमा, वास्ना भरेको दिन । आफ्नै पौरखमा म बाँच्छ्, मनका विद्वेष मिल्काउँदै हाँस्तै झल्मल ज्योति जीवन सधैँ रङ्गीन झल्काउँदै ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी

सारै निर्धन भो जवान नरही अस्वस्थ भो यो तन
सम्झी पूर्व उमेरको झलझली झल्का सुनौलो मन ।
पाको प्रौढ भनेर फुल्न मनले मान्दैन, शून्यै भयो
हेर्दै फेरि ढलेर बैँस कलिलो फुल्दो जवानी गयो ॥१॥

गल्छन् हात र पाउ बढ्छ दम रे स्याँस्याँ र फ्याँफ्याँ हुँदा
भुल्छन् तैपनि सुक्खदुक्ख मनले भित्री कलेजो छुँदा ।
त्यो बाला वय आह ! सुन्दर थियो, रङ्गीन शून्यै भयो
हेर्दै फेरि ढलेर बैँस कलिलो फुल्दो जवानी गयो ॥२॥

बढ्छन् बालक ती हलक्क कलिला टुसा पलाएसरि
देख्ता आरिस लाग्छ धेर मनमा आगो जलाएसरि ।
आफ्नो सुन्दर मूर्ति आज कसरी कङ्कालजस्तो भयो
हेर्दै फेरि ढलेर बैँस कलिलो फुल्दो जवानी गयो ॥३॥

छाला चाउरिएर धेर मुखमा रेखा परे खोँचझैँ
हैरानी र निराश बढ्छ यसरी अशक्त भो सोच नै ।
छाती चट्ट चिरिन्छ पट्ट मुटुमा गाँठो परेझैँ भयो
हेर्दै फेरि ढलेर बैँस कलिलो फुल्दो जवानी गयो ॥४॥

खुट्टाहात कडा, अठोट बलियो, आशा भरोसा थिए
आफ्ना बन्धु र इष्टमित्र, दुनियाँ सम्पूणर् आफ्नै थिए ।
बिर्सन्छन् तिनले अगाध ममता, कालो बिहानी भयो
हेर्दै फेरि ढलेर बैँस कलिलो फुल्दो जवानी गयो ॥५॥

मान्छे स्वार्थ लिएर बाँच्छ, परको को गर्दछन् खोज रे
बाँचून् वा कि मरून्, न सोध्छ कसले गर्दैन वास्ता अरे ।
आफैँ निर्बलझैँ भयो पनि भने निस्सार सारा भयो
हेर्दै फेरि ढलेर बैँस कलिलो फुल्दो जवानी गयो ॥६॥

भित्री मानस खुल्न खोज्छ जब त्यो रोएर बस्ने किन
आस्था फुल्छ गुराँसझैँ पवनमा, वास्ना भरेको दिन ।
आफ्नै पौरखमा म बाँच्छ्, मनका विद्वेष मिल्काउँदै
हाँस्तै झल्मल ज्योति जीवन सधैँ रङ्गीन झल्काउँदै ॥७॥

०००
(अविदित यात्राबाट)
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x