सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ नेपाल र ताल्चा

छोरो नयाँ नेपाल बनाउँछु भन्दै स्कुलमा ताल्चा लाउँदै हिंडेपछि आमाले पनि सघाउनु पर्याे नि । परेन ? तँलाई परिश्रम गर्न सिकाउन भान्सामा ताल्चा लाइदिएँ ।

Nepal Telecom ad

सँधै दिउँसो दश बजेसम्म लम्पसार परेर ओछयान नछोड्ने महान् क्रान्तिकारी छोरो एकाबिहानै झिसमिसँगै उठेको देखेर बाउआमा छोरोको कुनै नयाँ उपद्रोकाे संभावनाले संशङ्साकित हुँदै मुखामुख गर्न थाले । यो आज एकाबिहानै किन उठेको होला भनेर छलफल गर्न सुरु गर्न थाले । छोरो पनि हाजिर । दारीजुङ्गा जिङ्गग्रिङ, ल्याङफ्याङ लुगा , आजसम्म नलाएको स्पोर्टस सुज र निधारमा रुमाल बाँधेकाे । आजको आधुनिक उछिटिएको प्यान्ट र भेस्ट लगाउने केटीहरूलाई मन पर्ने लुक रफ एन्ड टफ ।

आमा एउटा ताल्चा छ भने दिनोस् न । उफ्री उफ्री कहाँकहाँ न जान हतार भएकाे जस्तो गरेर भन्यो छोरोले । आमाले पहिले त ढुक्क सास तानिन् तर कुनै ठूलो समस्या खडा गरेन, एउटा ताल्चै त माग्यो नि ।
तापनि प्रश्न गरिन्र, किन चाहियो तँलाई ताल्चा ? कुन खजाना कमाएर राख्याछस्र र तैँले ?

आमा हजुरको मन सधै पैसामै हुन्छ । हामी कत्रो अभियानमा लाग्या छौँ तपाइर्ं चाहि जुनबेला पनि पैसा । छोराले छाति तन्काउँदै भन्यो ।

पैसामा नभए केमा हुन्छ त मेरो मन ?  तँलाई नयाँ नयाँ लुगा लाउन पैसा नभए केले आउँछ ? दुई पैसा कमाएर ल्याउनु छैन धाक र फूर्ती देखाउँछ ? आमा पनि कुर्लिन् ।

बेला आएपछि पैसा त कमाइहालिन्छ नि आमा । अहिले त हामी महान अभियानमा लाग्या छौँ । नयाँ नेपाल बनाउने अभियानमा । पहिले नयाँ नेपाल त बन्न दिनोस्र पैसा त त्यसै आउँछ छोराले शानका साथै भन्यो ।

नापिस तँजस्ता जाबो एसएलसी समेत पास हुन नसक्ने हरिलठ्ठुले बनायो नयाँ नेपाल । नयाँ नेपालचाहिँ होइन चोर डाकु लुटेरा चाहिँ बन्छौ । आमा पनि केकम हानिन् नहरमा दुहर ।

आमा लामो कुरा नगरेर खुरुक्क ताल्चा छ भने दिनोस्र उपदेशचाहिँ चाहिदैन । छोरोले टेढिएर जबाफ दियो ।
छैन मसँग ताल्चासाल्चा जहाँ जानु पर्छ जा तर कचकच नगर । आमा अझै जोडले चिच्चाएको देखेर छोरो घरबाट निस्क्यो ।

घरको मूलद्वारमा उभिएर पाटीले निर्धारमा बाँधेको रुमाल खाेल्याे । रुमाललाई फनफनी घुमायो अनि फेरि टाउकामै बाँधेर साँढे हिंडेको जस्तो हिंड्यो । उसलाई टोलका मान्छेले पनि हेरेका छन् कि छैनन् भनेर सबैतिर पल्याकपुलुक हेर्दै हिंडिरहेको यियो ऊ ।

अचानक ऊ माइलाको चिया पसल नेर पुगेर टक्क अड्यो । माइला लौ मेराे एक कप चिया जाने भो सित्तैमा भनेर झसङ्ग भयो । पहिलेदेखि नेै दुई चार जना कहिल्यै पैसा नतिर्ने  माहिलाको चिया पसलमा चिया खाइरहेथ्याे । तिनलाई देख्ना साथ ऊ करायो क्या यो केटा हो ? कामसाम छैन ? जाम हिँड नयाँ नेपाल बनाउन ।
केटाले पनि के उपद्राे गरुँ भनेर सोचिरहेको थियो नेपाल बनाउने निम्तो पाए पदछ हिँडिहाल्याे ।

सबभन्दा पहिले नयाँ नेपाल बनाउने हुल एउटा सानो खत्र्याकखुत्रुक पाउने पसल अगाडि गएर कुर्यो । त्यहाँ हुलले तीन वटा तात्चा लियो र पैसा नदिई हिंड्दियो । पसले करायो केटाहरूले घुरेर हिडेँ । पसले फेरि चिच्यायो केटाहरू फर्के । एउटाले सोकेसमाथि राखेकाे एउटा गमला उचालेर पछारिदियो । पसले डरायो । केटाहरू तन्किदै त्यहाँबाट हिंडे । पसले कराउनु चिच्याउनु त परै जाओस् बोल्न पनि सकेन । केटाहरू भने नयाँ नेपाल बनाउने अभियानमा उद्घाटन गर्दै अगाडि बढे ।

नाइके केटोको दिमागमा कुनै नयाँ नेपाल बनाउने अदभूत योजना पलायाे । त्यसै क्रममा सबै लाठी लिएर एउटा स्कुलमा छिर्याे । स्कुल चलिरहेको िथयाे । कोही कक्षामा पढिरहेका थिए, कोही चउरमा खेलिरहेका थिए । दशबाह्र जना बलिया बाङ्गा केटाहरू ह्वरह्वारती भित्र छिरेकाे देख्दा हरिणको बथानमा चितुवा छिरेझैं भयाे । कक्षाबीच कोलाहल मच्चियो । केटाहरू सरासर प्रिन्सिपल कोठामा पुगे । प्रिन्सिपलसर एउटी राम्रो मिससँग वात मारिरहेका थिए । केटाहरू अचानक छिरेको देख्दा तर्सिएर उठे ।

प्रिन्सिपलसाहेब स्कूल तुरुन्त बन्द गर्नुस् । गरिबका बच्चाले तपाईंको स्कुलमा पढन पाएनन् । सार्है चर्को फिस छ । तपाइर्कों फिसलाई एक चौथाई पार्नुस्र अनि हामीसँग भेट्नुस्र । भनेको नटेरेर स्कूल चलाउनु भो भने नोक्सानीको जिम्मेवार तपाईं आफै हुनुहुनेछ । अहिले निस्कनुस् कोठाबाट भन्दै नाइके केटाले प्रिन्सिपलको कोठामा ताल्चा लगाइदियो । त्यसपछि सबै केटाहरू औँला ठड्याँउदै स्कूलबाट निस्के ।

तत्पश्चात त्यो हुल अझै दुइतिरबाट स्कूलमा पसेर धम्की दिँदै स्कूलमा पुग्यो । एफ एम वाला पनि को आउला भनेर कुरेर बसिरहेका थिए । तुरुन्तै ब्रेकिङन्यूज शुरु गरिहाले ।

नयाँ नेपाल बनाउने युवाहरूको एउटा ग्रुपले भरखरै चारवटा स्कुलमा फिसलाई एक चौथाइ नहुन्जेल नखोल्ने निर्देशन दिदै स्कूलहरूमा ताल्चा लगाइदियो । ताजाताजा समाचार प्रसारित हुन थाल्यो । समाचारले आगोमा घ्यु थप्ने काम गर्याे । शहरमा भएभरका स्कूलहरू भटाभट बन्द हुनथाले । नानीहरूलाई लिन अभिभावकहरू स्कूलतिर दगुरे ।

केटाहरू नयाँ नेपाल बनाउने अभियानको पहिलो चरणलाई सफलताकासाथ पार गरेर फेरि माइलाको पसलमा आइपुगे । त्यतिन्जेल सबलाई भोक लागिसकेको थियो । नाइकेले माइलालाई बाह्र प्लेट चाउमिन बनाउने अडर दियो तर माइलाले टेरपुच्छरै लाएन । माइलाले त्यस्ताे नेपाल बनाउने धेरै देखिसकेको थियो आफ्नाे जीवनमा ।

नाइके रिसाएर थरकायो, हेर माइला दाइ खुरुक्क बाह्र प्लेट चाउमिन बनाऊ । भोलि पर्रसि नै तिम्रो पैसा तिरिदिन्छु । भोलिदेखि नै स्कुलको प्रिन्सिपलहरू मलाई खाेज्दै आइपुग्छन् । त्यसपछि त पैसाको के कमी-
माइला पनि के कम, ऊ पनि कड्रिकयाे, कु्न प्रिन्सिपल आउँछ ? कसले पैसा दिन्छ मलाई थाहा छैन । अहिल्यै पैसा दिन्छौ भने ख्वाउँछु, होइन भने मेरो होटेल तिमीहरूजस्ता लठ्टुलाई सित्तैमा ख्वाउने धर्मशाला होइन ।

केटाहरू सुन्ने कान लाउँदै आ- आफ्नो घरतिर लागे । नाइके केटो पनि भोकले चुर भएर सोझै भान्सामा पुगेको त भान्सामा बडेमाको ताल्चा पो झुन्डिरहेको । भान्सामा ताल्चा लागेको देखेर केटो दुध खाने बच्चो जस्तो चिच्याउन थाल्यो – आमा ।
आमा कोठाबाट निस्केर आइन् ।
किन चिच्याएको तँ ? आमाले हकारेर सोधिन् ।
मलाई भोक लागेर ? भान्सामा किन ताल्चा लाएको ? छोरोले लाडिएर सोध्यो ।

छोरो नयाँ नेपाल बनाउँछु भन्दै स्कुलमा ताल्चा लाउँदै हिंडेपछि आमाले पनि सघाउनु पर्याे नि । परेन ? त्यसैले मैले पनि ताल्चा लाइदिएँ, तँलाई परिश्रम गर्न सिकाउन भान्सामा ताल्चा लाइदिएँ । अब कमाएर दुइपैसा मेहनत गरेर पसिना चुहाएर ल्याउँछस् भने खान पाउँछस् होइन भने खान पाउँदैनस् । तेरो लागि भान्सामा ताल्चा । आमाले पनि कड्केर भनिन् ।

नयाँ नेपाल बनाउने नाइके भोकले थचक्क त्यही बस्यो र भान्साको ताल्चातिर हेर्न थाल्यो ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आत्मा

आत्मा

पी पी काेइराला
गुरुलाई चिठ्ठी

गुरुलाई चिठ्ठी

चिरञ्जीवी दाहाल
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी
टिमुर्के च्यानलको ठोकदोहोरी

टिमुर्के च्यानलको ठोकदोहोरी

भोजराज रेग्मी ‘मुखाले’
गुँड बनाउने मुड

गुँड बनाउने मुड

माधव पोखरेल गोज्याङ्ग्रे