मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
अखाद्य सब्जी
जाँदै थिएँ म पथमाथि चढेर गाडी आश्चर्यले खचित दृश्य थियो अगाडि ढाकेर मार्ग सकलै असरल्ल पारी
पुरा पढ्नुहाेस्सजिलो उपाय
अड्डा अदालतहरू किन चाहिए र नेताहरूसित मिले डर के भयो र जस्तै कुकर्म गर रत्ति डरै
पुरा पढ्नुहाेस्कुकुर बिराला
एक सुकेको चाम्रो छाला वरिपरि पाँच कुकुर र बिराला यौटा गुरगुर अर्को ङुरङुर कुनै छ खुरखुर
पुरा पढ्नुहाेस्गधाको सवारी
थियो एक मान्छे गधामा चढेको मुखै चाहिँ उल्टो फिराई बसेको गधा फर्किएको थियो पुर्व तर्फ उता
पुरा पढ्नुहाेस्डुकुलण्ठ जो बन्छ मण्डित
ण जब झुण्डिँदै गर्छ ताण्डव ण त हटाउने भन्दथे हिजो तर बस्यो अझै के गरी लिसो
पुरा पढ्नुहाेस्बेश मै त हुँ
दान आउला खान पाउँला गोठ छाउँला कोट लाउँला नोट बेंकमा राख्न जाउँला चम्चमी नयाँ कार ल्याउँला
पुरा पढ्नुहाेस्देऊ भिक्षा
आऊ हामी बजार जाऔँ केही घुमफिर गरेर आऔँ अलिअलि मस्ती सस्ती खाऔँ केही किनमेल गरी ल्याऔँ
पुरा पढ्नुहाेस्सावधान जहाज डुब्दैछ
समुद्रको पानी हेर्दा मात्र राम्रो हुन्छ, किनारमा बसेर खेलाउँदा राम्रो हुन्छ {{read_more}} छेउमा पौडँदा
पुरा पढ्नुहाेस्

ramesh khakurel



























