साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म जनता

प्रभुकै घरमा भरियो ढुकुटी म छु भोक खपेर अझै सुकुटी भनियो जति पिट्न पिटें थपडी तर हुन्छ कुरा कपटी कपटी ।

Nepal Telecom ad

कसरी भनुँ खै म बताउँ कता
न त भन्न कुनै छ ममा क्षमता
बबुरो म हुँ एक धुलो जनता
म भनेर छ ठाउँ यता न उता ।।

जसले जब भन्दछ यो त यसो
नबुझी सुख छैन उसै छ उसो
दिनमा पनि भन्छ भने रजनी
म खुरुक्कन मान्छु कसै नभनी।।

म अतीव गरीब भने सुनियो
म रहेछु गरीब भनी बुझियो
अब आउँछ राहत है भनियो
मन आश लिएर पर्खी बसियो ।।

अब फुट्तछ मूल विकास भने
कसको कति भाग भनेर गने
म लिई करमा चुहिने बटुको
अझ आश गरें र कसें पटुको ।।

यसको भर हुन्न नजा तँ उता
जन ता जनता अब एक यता
भनियो र यतैतिर आइदिएँ
थप कागज छाप लगाइदिएँ ।।

अब यो पनि हैन उपाय भने
सबले हतियार उचाल्न भने
जुन हुन्छ कमान उही गरियो
कतिका घरका ढुकुटी लुटियो ।।

प्रभुकै घरमा भरियो ढुकुटी
म छु भोक खपेर अझै सुकुटी
भनियो जति पिट्न पिटें थपडी
तर हुन्छ कुरा कपटी कपटी ।।

अब बाघ र भालु मिलेर बसे
न मकै चुहियो न त आलु खसे
म पिंडालु चुसेसरि पार्छु मुख
भन लौ न कतातिर हुन्छ सुख ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x