मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
आयो ऊँट बजार
रमेश खकुरेल : आयो ऊँट बजार, आ हा क्या राम्रो दौडे हेर्न हजार, आ हा क्या
पुरा पढ्नुहाेस्सजिलो उपाय
अड्डा अदालतहरू किन चाहिए र नेताहरूसित मिले डर के भयो र जस्तै कुकर्म गर रत्ति डरै
पुरा पढ्नुहाेस्ङार्रङुर्र
कुकुर अनि बिराला गर्दछन् ङार्रङुर्र वरपर जन हुन्छन् भीतिले थर्रथर्र चलफिर पनि गर्ने काम गर्नै दिँदैनन्
पुरा पढ्नुहाेस्मजातन्त्र आयो !
निकैदेखि इच्छा थियो यो रहेको कसो के गरे देश होला उठेको तपस्या थियो वीरले थालिएको थियो
पुरा पढ्नुहाेस्बिरामी बिरामी
यहाँ छैन को मात्र साथी बिरामी कुनै छन् धुलोले लडेका बिरामी कुनै चाहिं ठूलो हुनाले बिरामी
पुरा पढ्नुहाेस्आजको नाच यो
नाचियो नाचियो मस्त भै नाचियो ताल बाजाबिनै स्वादले नाचियो लोकको तन्त्रमा लोक नै खाँदियो यस्तरी नाचियो
पुरा पढ्नुहाेस्कस्ता कुक्कुर
घरकै कुक्कुर घरकै कुखुरा गर्नु त पर्ने उसले पहरा उसल्यै खाला कसरी जान्नु खाइसकेपछि हान्नु न
पुरा पढ्नुहाेस्कागै त हुन् जति दिए पनि रत्तिँदैनन्
राम्रो न ता छ अनुहार न बोल राम्रो बेहोर हेर्छु घिन लाग्छ छ चाल दाम्रो फोहोर
पुरा पढ्नुहाेस्चुनाव आयो
चुनाव आयो नजिकै नेता छन् सल्बलाउँदै रङ्गीचङ्गी घोषणाका पत्रिका झल्मलाउँदै ।। कतै भैँसी ढलेका छन् कतै
पुरा पढ्नुहाेस्अलिकता चरौं
छिप्पिएपछि काँक्रोको अचार पनि भो अब भ्रष्टाचार गरे ठूलो शिष्टाचार भयो अब ।। शिष्टाचार त्यही हुन्छ
पुरा पढ्नुहाेस्

ramesh khakurel
























