साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजातन्त्र आयो !

कहाँ रोक्न सक्थे प्रजातन्त्र आयो सबैले भनेझैं मजातन्त्र आयो जहाँ गो उसैको अहातन्त्र आयो सबैको म बस्ने तँ जा तन्त्र आयो ।

Nepal Telecom ad

निकैदेखि इच्छा थियो यो रहेको
कसो के गरे देश होला उठेको
तपस्या थियो वीरले थालिएको
थियो क्रान्तिको आरती बालिएको ।।

लडे वीर योद्धा डटी ज्यान फाले
कि फाँसी कि गोली चलाएर ढाले
प्रजा एक बन्दै लडे जाइलागे
स्वयं दुष्ट राणा तथा भूप भागे ।।

कहाँ रोक्न सक्थे प्रजातन्त्र आयो
सबैले भनेझैं मजातन्त्र आयो
जहाँ गो उसैको अहातन्त्र आयो
सबैको म बस्ने तँ जा तन्त्र आयो ।।

जता हेर मन्त्री जता खोज सन्त्री
बजे भिन्न भाखा सजे धेर तन्त्री
थियो एक जो राज्य सातै गरायो
सयौं मान्यको तान्यको मन्त्र आयो ।।

जहाँ घार काट्यो त्यहाँ हात चाट्यो
नपायो भने चर्किंदै चित्त फाट्यो
दिनै पर्छ खाजा भनी माग्न लायो
नयाँ माग्नका लागि संयन्त्र आयो ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x