मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
टीचर
टि ई ए टी टी माने चियादूध नपाए सादै गर्चीनी नभए खल्लै गर्केही नजुरे टीचयी हाम्रा
पुरा पढ्नुहाेस्

ramesh khakurel


























