साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाघका सामु पाठो

Nepal Telecom ad

 height=यहाँ जो सही छन् बिचारी बिचारी
त्यहीं मारिदिन्छन् मुसारी मुसारी {{read_more}}
मरे लासमा फूलले ढाकिदिन्छन्
र पाना भरी शोक नै छापिदिन्छन् ।।

लुगा जो छ सग्लो नलाऊ जसो छ
यसो च्यात्नु पर्ने भयो फेशनै छ
जहाँ ओठ हुन्छन् गुलाबी फुलेका
त्यहाँ कालिमा पोत्नु पर्ने छ मौका ।।

कसैले कतै सत्य बोल्ने नगर्नू
लियो सत्यको पक्ष ता पर्छ मर्नु
दिई हुन्न आफ्नो कुनै यो जमाना
दिने मात्र देखाउनू आश नाना ।।

कसैले कहाँबाट गर्छन् कमाइ
त्यतातर्फ आँखा र भाका नलाई
छ जो लाइएको त्यही काम गर्नू
भरीलो जवानी अकालै नमर्नू ।।

तिमी मर्न जान्छौ यता दुस्ख हुन्छ
सुनी हाल तिम्रो यसै चित्त रुन्छ
छ तिम्रो शिकारी बडो धूर्त बाठो
तिमी देखियौ बाघका सामु पाठो ।।

काठमाडौ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x