साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए बाउ !

ए बाउ  ! काठमाडौंतिर अहिले नआऊ  बढेर चर्को छ तरकारीको भाउ किलोबाट झरेर खाकाछौँ पाउ 

Nepal Telecom ad

 height=ए बाउ  !
काठमाडौंतिर अहिले नआऊ
बढेर चर्को छ तरकारीको भाउ
किलोबाट झरेर खाकाछौँ पाउ
त्यो पनि बिसादी पो रे
बरु गाउँतिर बस
उतै शुद्ध तरकारी खाऊ
यता आयौ भने बिरामी परौला
सरकारी अस्पातल के जानु ?
निजीको  खर्च सुन्यौ भने
झन  औषधी नगरि  ठहरै परौला
यो बर्षातमा के आउँछौ ?
अब राजाधानी हिउदमै हेरौला
फेरी राजधानी भनेर के गर्नु
छत्तरे भिरको पैरो लडेको जस्तो बाटो छ
एम्बुस थापेको जस्ता खाल्टाखुल्टी छन्
फेरि तिमी खाल्टोमा झरौला
सिधै बैतर्नी तरौला ।

बरु जाडोमै आऊ
धुलो भए पनि मास्क लगाऔंला
मेलम्चीको नआए पनि के भो र
जारको पानी मगाआंैला
त्यो बेलासम्म त रेल पनि आउँछ कि ?
आएछ भने त्यसैमा घुमौंला
नभए थोत्रा माइक्रो बस छदैछन्
त्यसैलाई समाऔंला
काकाले पानी जहाजको पनि आउँछ भन्थे
आइे पो हाल्छ कि !!
आएछ भने त्यसैमा चढौला
नभए चिडियाघरमा छदैछ
त्यसैमा रमाइलो गरौंला ।

ए बाउ !
अहिले शहरतिर त आउँदै नआऊ
बरु गाउ तिर ताजा तरकारी खाऊ
शुद्ध फलफूल र दुध दही खाऊ
हिउँदको लागि त्यो ज्यान दरो बनाऊ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x