साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुपलाग बूढा !

Nepal Telecom ad

 height=अठार रुपैयाँको ईंटामा बार रुपैंयाको भ्याट तिरोस् कि
हजार रुपैयाँको कपडा साठी रुपैयाँको भन्दै भन्सार छिरोस् {{read_more}}
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

साठी हजारको टेबल किन्दा
अढाई लाखको बील काट्छन्
दुई इन्चीको ग्राभेललाई 
छ इन्चीको भन्दै ढाँट्छन्
आलु प्याज बन्दाकोपी
बिचौलिया जागेकाछन्
दुई मैनामै चौबल नाफा
जग्गा दलाल लागेका छन्
दुई करोडमा जग्गा किनी दुईलाखको कर तिरोस् कि
घुस दिन नसकेको भैरे काम नबनाई घर फिरोस्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

ब्यापारीका पञ्जाभित्र 
भ्याट बिलका ठेली बेग्लै
बिकाशको रकम दिन
कर्मचारी झेली बेग्लै
मालपोत भन्सार यातायातमा
घुस चल्छ ओइरो पैरो
होटल बार रेष्टुरेन्टमा
मान्छे किन यति धुइरो ?
बजारको ब्यापारीले सामानको दाम चौबल गरोस् कि
मेनपावर भै मान्छे बेचेर अरबपति बनी लाद्रो भरोस्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

केन्द्र प्रदेश स्थानीय हुँदै ओइरो पैसा झर्यो
गाउँघरका ठिनेमिने सबैलाई स्वाद पर्यो
पिच गरौं बाटो भन्दा ठाडो कान क्वै लाउँदैनन् नि
अर्को बर्ष फेरि ग्राभेल छुट्याउँन पाउँदैनन् नि
साडी दौरा भ्रमण इन्धन् भन्दै पैसा अन्तै हालुन् कि
अनुत्पादक क्षेत्रमा भएभरको पैसा फालुन्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

गौरादह, झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x