साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तमसुक

मेरा मनोमान खुशी राजीसँग साहुकै ड्रइङ् रूममा बसी पार्टीबन्धक भाकापत्रको तमसुक लेखी किनारामा लेखिएका मानिस साक्षी राखी तपाईं साहू सर् एच. ह्वाइट् उपनिवेशवादाचार्यका हजुरमा चढाएँ ।

Nepal Telecom ad

भैरव अर्याल :

लिखितम् धनिका नाम कोलम्बसको नाति वाशिङ्गटनको छोरा पारि पश्चिम पाताल प्रदेश बस्ने सर् एच. ह्वाइट् उपनिवेशवादाचार्य सो धन- बेहोरिणीका नाम बदनामप्रसादको नाति बेइज्जतप्रसादको छोरा वर्ष ४२० को हुल्लडप्रसाद कोचेलगाँडाको लिहलगत चलन पेपरका नोट रु एक मिलियन रुपियाँ कर्जा लियाँ, वापत आफ्ना घरका दाजुभाइ सबैलाई एउटै थाङ्नामा गुटमुट पारी आफू नाइके रोजिनका निमित्त लियाको ठीक सदर साँचो हो । यिनी रुपियाँको ब्याज सयकडा १५० । नगदै वर्षेनि बुझाउँला र घिउखाने दस्तुर रु. २०,०००।- को रकममा साहूका खलकलाई घरघर चहारी छिद्रान्वेषण गर्ने पासपोर्ट समेत नजराना चढाउँला। तोकिए बमोजिमको रकम-कलम सालिन्दा बुझाउँदै आगामी पाँच वर्ष भित्रमा सावाँ ब्याज घिउखानेसमेत सबै रकम चुक्ता गरी यहीँ हाजिर भई सुटुक्क बुझाउन ल्याउँला । सो नबुझाउन्जेल मेरा हक भोगमा रहेका २००४ सालको कलकत्ता डोरबाट मेरो नाममा दर्ता भयाको बिर्तामा बनेको पार्टी साहले भोगचलन गरी जे जस्तो काम लिनुपर्छ लिने गरी लिनू भनी धितो धरौट राखी कालगतिले मेरो बीचमा अन्त्य भएतापनि हाम्रा गुठियारहरूका एक एक सन्तानसँग साहुले गर्ने कृत्य गरी गराई आफ्नो थैलीउपर गरीलिनुभयामा मेरा मनोमान खुशी राजीसँग साहुकै ड्रइङ् रूममा बसी पार्टीबन्धक भाकापत्रको तमसुक लेखी किनारामा लेखिएका मानिस साक्षी राखी तपाईं साहू सर् एच. ह्वाइट् उपनिवेशवादाचार्यका हजुरमा चढाएँ । मेरा नाममा दर्ता भएको बिर्तामा बनेका पार्टी कच्चा-नकडा भै साहुले चलन गर्न नपाएमा वा भत्की बिग्री साहुको थैली डुबेमा साहुका इलाकाको ऐन कानुन रीत बमोजिम सहुँला बुझाउँला । इति सम्वत् २०१८ साल पुष ४५ गते रोज ९ शुभम् ।

साक्षी- भ.पु. ई. डिल्ली टोल बस्ने चुच्चेटोपीलाल प्रधान लेखक साक्षी ल.पु.ई. आवाराटोल बस्ने बकमफूस शर्मा

‘हालखबर’ २०१६, वैशाख २० गते रविबार

०००
‘टेढो ऐना’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x