सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तमसुक

मेरा मनोमान खुशी राजीसँग साहुकै ड्रइङ् रूममा बसी पार्टीबन्धक भाकापत्रको तमसुक लेखी किनारामा लेखिएका मानिस साक्षी राखी तपाईं साहू सर् एच. ह्वाइट् उपनिवेशवादाचार्यका हजुरमा चढाएँ ।

Nepal Telecom ad

भैरव अर्याल :

लिखितम् धनिका नाम कोलम्बसको नाति वाशिङ्गटनको छोरा पारि पश्चिम पाताल प्रदेश बस्ने सर् एच. ह्वाइट् उपनिवेशवादाचार्य सो धन- बेहोरिणीका नाम बदनामप्रसादको नाति बेइज्जतप्रसादको छोरा वर्ष ४२० को हुल्लडप्रसाद कोचेलगाँडाको लिहलगत चलन पेपरका नोट रु एक मिलियन रुपियाँ कर्जा लियाँ, वापत आफ्ना घरका दाजुभाइ सबैलाई एउटै थाङ्नामा गुटमुट पारी आफू नाइके रोजिनका निमित्त लियाको ठीक सदर साँचो हो । यिनी रुपियाँको ब्याज सयकडा १५० । नगदै वर्षेनि बुझाउँला र घिउखाने दस्तुर रु. २०,०००।- को रकममा साहूका खलकलाई घरघर चहारी छिद्रान्वेषण गर्ने पासपोर्ट समेत नजराना चढाउँला। तोकिए बमोजिमको रकम-कलम सालिन्दा बुझाउँदै आगामी पाँच वर्ष भित्रमा सावाँ ब्याज घिउखानेसमेत सबै रकम चुक्ता गरी यहीँ हाजिर भई सुटुक्क बुझाउन ल्याउँला । सो नबुझाउन्जेल मेरा हक भोगमा रहेका २००४ सालको कलकत्ता डोरबाट मेरो नाममा दर्ता भयाको बिर्तामा बनेको पार्टी साहले भोगचलन गरी जे जस्तो काम लिनुपर्छ लिने गरी लिनू भनी धितो धरौट राखी कालगतिले मेरो बीचमा अन्त्य भएतापनि हाम्रा गुठियारहरूका एक एक सन्तानसँग साहुले गर्ने कृत्य गरी गराई आफ्नो थैलीउपर गरीलिनुभयामा मेरा मनोमान खुशी राजीसँग साहुकै ड्रइङ् रूममा बसी पार्टीबन्धक भाकापत्रको तमसुक लेखी किनारामा लेखिएका मानिस साक्षी राखी तपाईं साहू सर् एच. ह्वाइट् उपनिवेशवादाचार्यका हजुरमा चढाएँ । मेरा नाममा दर्ता भएको बिर्तामा बनेका पार्टी कच्चा-नकडा भै साहुले चलन गर्न नपाएमा वा भत्की बिग्री साहुको थैली डुबेमा साहुका इलाकाको ऐन कानुन रीत बमोजिम सहुँला बुझाउँला । इति सम्वत् २०१८ साल पुष ४५ गते रोज ९ शुभम् ।

साक्षी- भ.पु. ई. डिल्ली टोल बस्ने चुच्चेटोपीलाल प्रधान लेखक साक्षी ल.पु.ई. आवाराटोल बस्ने बकमफूस शर्मा

‘हालखबर’ २०१६, वैशाख २० गते रविबार

०००
‘टेढो ऐना’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x