साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा

बुबालाई माया, अतिशय धरे, दिव्य मनले यी हुन् सच्चा दाता, मिलजुल गरे, सभ्यपनले बुबालाई जल्ले, अधम बनिदै, हेप्दछ सुन त्यही नै हो घाती, यस भुवनको, निष्ठुर जन ।

Nepal Telecom ad

बुबा नै हुन् हाम्रा, कुलपति बडा, सभ्य पनका
बुबाभन्दा खासा, असल अब को, मिल्दछ सदा
यिनै हर्ताकर्ता, मधुर मनका, हुन् प्रिय सखा
बुबा हुन् सद्ज्ञानी, अनुभव दिने, सुन्दर सफा।
. (१)
बुबालाई माया, अतिशय धरे, दिव्य मनले
यी हुन् सच्चा दाता, मिलजुल गरे, सभ्यपनले
बुबालाई जल्ले, अधम बनिदै, हेप्दछ सुन
त्यही नै हो घाती, यस भुवनको, निष्ठुर जन ।
. (२)
पढी छोरो ज्ञानी, यस अवनिमा, सार्थक बनोस्
सदाचारी बन्दै, मधुर गतिको, चिन्तन गरोस्
यही सोच्छन् बाबा, निशदिन पुकार्दै हृदयले
बुबाका ती स्वप्ना, अनुभव सजाए, सुजनले ।
. (३)
सधैँ बोक्दा भारी, तरर पसिना, बग्दछ सुन
छ टाढा त्यो बारी, तर पनि त्यहाँ, फुल्दछ गुन
भनी जान्छन् बाबा, अभयसितले, त्यो पुरतिर
विचार्दैछन् बाबा, प्रबलपनको, हुन्छ कि शिर ।
. (४)
भलो सोच्दै सोच्दै, नियमित खटी, कर्मपथमा
जुटेकाछन् बाबा, प्रतिदिन पला, सौम्य भवमा
बुबाको सत् चर्चा, यस भुवनमा,चिन्तन गरी
छरे बन्ने गाथा, त्रिभुवनभरै, दिव्य नगरी ।
. (५)

रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

विदुर अधिकारी
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x