विदुर अधिकारीबुबा
बुबालाई माया, अतिशय धरे, दिव्य मनले यी हुन् सच्चा दाता, मिलजुल गरे, सभ्यपनले बुबालाई जल्ले, अधम बनिदै, हेप्दछ सुन त्यही नै हो घाती, यस भुवनको, निष्ठुर जन ।

बुबा नै हुन् हाम्रा, कुलपति बडा, सभ्य पनका
बुबाभन्दा खासा, असल अब को, मिल्दछ सदा
यिनै हर्ताकर्ता, मधुर मनका, हुन् प्रिय सखा
बुबा हुन् सद्ज्ञानी, अनुभव दिने, सुन्दर सफा।
. (१)
बुबालाई माया, अतिशय धरे, दिव्य मनले
यी हुन् सच्चा दाता, मिलजुल गरे, सभ्यपनले
बुबालाई जल्ले, अधम बनिदै, हेप्दछ सुन
त्यही नै हो घाती, यस भुवनको, निष्ठुर जन ।
. (२)
पढी छोरो ज्ञानी, यस अवनिमा, सार्थक बनोस्
सदाचारी बन्दै, मधुर गतिको, चिन्तन गरोस्
यही सोच्छन् बाबा, निशदिन पुकार्दै हृदयले
बुबाका ती स्वप्ना, अनुभव सजाए, सुजनले ।
. (३)
सधैँ बोक्दा भारी, तरर पसिना, बग्दछ सुन
छ टाढा त्यो बारी, तर पनि त्यहाँ, फुल्दछ गुन
भनी जान्छन् बाबा, अभयसितले, त्यो पुरतिर
विचार्दैछन् बाबा, प्रबलपनको, हुन्छ कि शिर ।
. (४)
भलो सोच्दै सोच्दै, नियमित खटी, कर्मपथमा
जुटेकाछन् बाबा, प्रतिदिन पला, सौम्य भवमा
बुबाको सत् चर्चा, यस भुवनमा,चिन्तन गरी
छरे बन्ने गाथा, त्रिभुवनभरै, दिव्य नगरी ।
. (५)
रामपुर, चितवन
Subscribe
Login
0 Comments
Oldest






































