साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोठाली

गालामा पनि चाउरी खुब परे चढ्दो जवानी छँदै पाई चोट ठुलो गयो हृदय झन् ऐनासरी चर्कदै होला साम्य कहाँ पुगेर कहिले यस्तो उपद्रो सब गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥

Nepal Telecom ad

आँखा तीक्ष्ण लगाउँछन् बन बुटा देखे जता शोभित
पार्छन् पूर्ण बिमाख बोट बिरुवा राखिन्न है सञ्चित
छानो नै खरको थुतिकन डिँगा खान्छन् मजाले सब
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥१

पाटो सुन्दर यो हिमाल मुनिको उम्दा थियो वैभव
मान्छे सभ्य तथा समुन्नत थिए बढ्दै थियो गौरव
पाल्दा आज डिँगा विशाल कदका थारा बकेर्ना सब
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥२

पुर्खाले अघि आर्जिए अवनि यो पारेर स्वर्गै सरी
साना गोठ समेत पुष्प लतिका राखे सधैँ बल्लरी
मासे आज बगान छैन गतिलो उम्दा बनेको तब
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥३

पार्छन् फाँट सखाप धान गहुँका कोदो मकै फापर
दाम्लो धेर छिनाउँछन् बलगरी दिन्छन् बडा हन्डर
बाली मात्र रुचाउँछन् नि नगदे पार्छन् धुलो वैभव
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥४

गालामा पनि चाउरी खुब परे चढ्दो जवानी छँदै
पाई चोट ठुलो गयो हृदय झन् ऐनासरी चर्कदै
होला साम्य कहाँ पुगेर कहिले यस्तो उपद्रो सब
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x