साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध बा–आमा सुसेली

घाउ कोखाकोे छोराछोरी विदेश साह्रै  धोका भो । कस्तो अड्चन ऋण तिर्न साहुको चल्यो धड्कन ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :


गर्छु वन्दन
बाबा आमा वृद्धामा
मेरो नमन ।


दीर्घ जीवन
बाबा आमा पियारा
वुझौँ यो ज्ञान ।


हुन्न आघात
वृद्धवृद्धा जनको
माया प्रगाढ ।


द्वय दम्पति
माता पिता यिनै हुन्
हाम्रा सम्पति ।


माया गरेर
पाल्नुपर्छ बा–आमा
अघि सरेर ।


दुःख गरौँला
यिनकै ज्ञानवाट
झोली भरौँला ।


बाबु आमामा
स्वास्थ लाभ होस् भनी
गरौँ कामना ।


दिनू जानेर
माग्ने छैनन् कहिल्यै
खाऊँ भनेर ।


बसौँ साथमा
हुनसक्छ बिसञ्च
वृद्ध गाथमा

१०
उमेर गयो
केटाकेटी स्वभाव
वृद्धको भयो

११
दुःख गरेर
हामीलाई हुर्काए
भोलि सम्झेर ।

१२
बसी पिढीँमा
आयो छोरा भनेर
हेर्छन् सिडींँमा ।

१३
बाबा आमामा
गर्छु बिन्ती कामना
यही भावना

१४
घाउ कोखाकोे
छोराछोरी विदेश
साह्रै  धोका भो ।

१५
कस्तो अड्चन
ऋण तिर्न साहुको
चल्यो धड्कन ।

१६
अघि सर्नुछ
दुधको भारा तिरी
पूरा गर्नुछ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x