साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थोरै भयो जिन्दगी

अल्छीको इतिहास हुन्न, युगले चिन्दैन को हो भनी । तन्नेरी रहँदैन जीवन, जनै, टोपी, टुपी, कन्धनी । बूढाले हरिनाम लिन्छ सकिँदै जान्छन् खुशी, चक्चकी । कस्ले सुन्छ पुकार? नालिस दियूँ, थोरै भयो जिन्दगी ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

खेलौनासित साटियो चुलबुले बालापना, आँगन ।
तन्नेरी कति वर्षदेखि भइयो, हल्की गयो जोवन ।
बूढो ज्यान भयो रहेन तगडा, को राख्छ खै बन्धकी ?
केही गर्न नपाउँदै दिन बिते, थोरै भयो जिन्दगी ।१।

सम्झन्थेँ कलिलै छु, भर्खर ठिटो, के नै बितेको छ र ?
कैयौँ झन्झट, झेलिएछ पसिना झर्दै रहे तर्तर ।
ऐनाले अनुहार चिन्दिन भन्यो ऐले भयो यो गति ।
छेपारो र पहार झैं छटपटी, थोरै भयो जिन्दगी ।२।

थुप्रै भौतिकशास्त्र छन्,गहकिलो अध्यात्मको सागर ।
लेखेका जति काव्य विश्वभरिका कस्ले पढेको छ र ?
छोडेँ पढ्न र लेख्न,सिल्पट भएँ, ऐले भयो थक्थकी ।
घैटामा पछि घाम झुल्किल पुगे, थोरै भयो जिन्दगी ।३।

को हुन् साधु र सन्त ? लाग्छ भुसडी, जोगी र नङ्गा छल ।
के विज्ञान र ज्ञान हो ? फरक के पानी र गंगाजल ?
केही आर्जन छैन, रुन्छ निदुली, चिँचीँ-मुसी जग्जगी ।
डोकाका सपना बिसाउनु भयो,थोरै भयो जिन्दगी ।४।

मोतीराम चलाख, चर्चित भए बूढो हुनै बिर्सिए ।
ती लक्ष्मी पनि काव्य-कोकिल बने प्रारव्धले घर्किए ।
गेटे, होमर, कालिदास यिनका छन् काव्य नै सन्तति ।
मेरो आयु सडाइमा बहकिँदा, थोरै भयो जिन्दगी ।५।

अल्छीको इतिहास हुन्न, युगले चिन्दैन को हो भनी ।
तन्नेरी रहँदैन जीवन, जनै, टोपी, टुपी, कन्धनी ।
बूढाले हरिनाम लिन्छ सकिँदै जान्छन् खुशी, चक्चकी ।
कस्ले सुन्छ पुकार ? नालिस दियूँ, थोरै भयो जिन्दगी ।६।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x