साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बा’ काव्यांश (२१)

भाग्यो आँट र आँत दुर्बल भयो चस्केर काँप्दै छु म । छैनन् मार्ग प्रशस्त कर्मपथमा उद्भ्रान्ति झेल्दै छु म ।। मेरा जाँगर ईश कर्मपथका छाडेर टाढा भयौ । भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

बारी फुङ्ग उडेर खोज्दछ सधैँ तिम्रै सुनौला पद ।
सोध्ला झैँ मन मान्छ खेत वनले सोधे भनूँ के अब ?
सिङ्गो गाउँ छ शोकमा खुद तिमी त्यागेर टाढा गयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१८५।।

गाई जोड कराउँछन् सब दुखे यो दर्द जाने कि वा ?
खाने घाँस मिलेन वा बह बढ्यो को बुझ्छ हेर्दा व्यथा ?
सिङ्गै यो भव रुन्छ दर्द अति छन् जम्मै रुवायौ गयौ ।
भर्थ्यौ भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१८६।।

जस्तै कर्म रहून् बडा मनविषे थिच्दैनथ्यो क्यै भय ।
यो संसार फरक्क फर्कन गयो भो चेत सोलामय ।।
टोक्दै जोड दुखाउँदै छ दिल यो बाबा हरायौ गयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१८७।।

लाग्यो सिन्धुसमान पार कसरी होला र यो जीवन ?
अग्ला व्योमसमान सङ्कट खडा कल्पेर हार्ने मन ।।
बस्छौ यो भवनभित्र वा पर कतै अर्कै थलामा गयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१८८।।

जम्मै चिन्तन लुप्त छन् बह बढी अज्ञानमा जाकिएँ ।
फर्केला सुर आश रित्तिन गयो यो तापले रापिएँ ।।
सुक्दै क्षीण बने जहान घरका बाबा तिमी टाढियौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१८९।।

सारा विश्व छ अन्धकार अहिले बाबाविनाको पथ ।
सच्चा कर्म गरेर जीवन सही गुड्ला नगुड्ला रथ?
दुख्दै नेत्र अनेक कष्ट बह छन् देख्दै नदेख्ने भयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१९०।।

बाँध्दा यो मन बाँधिदैन बलले छोडेर डाको रुँदा ।
मान्छेका हुल छन् छ शून्य भव यो दुख्दै छु एक्लै रुँदा ।।
छाडी पूर्ण भुलेर मानव सबै त्यागेर एक्लै गयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१९१।।

बाबाको महिमा खुलेर भवमा को सक्छ खै गाउन ।
मेरो मन्द दिमाग छैन बलमा सक्दैन क्यै पाउन ।।
बोल्थेँ धाकसँगै डटेर भवमा त्यो शक्ति बाबा थियौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१९२।।

भाग्यो आँट र आँत दुर्बल भयो चस्केर काँप्दै छु म ।
छैनन् मार्ग प्रशस्त कर्मपथमा उद्भ्रान्ति झेल्दै छु म ।।
मेरा जाँगर ईश कर्मपथका छाडेर टाढा भयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१९३।।

हुन्थ्यो जङ्गल गेहझैँ सँग छँदा यो गेह भो जङ्गल ।
चिन्ता दुर्बलता बढे मगजमा भाग्यो गयो मङ्गल ।।
साथैमा रहँदा थिए दिन सफा निर्धक्क हाँसो थियौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ।।१९४।।

क्रमश:

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
विगत‌कै छ सिको अझ वृद्धको

विगत‌कै छ सिको अझ...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
मातृ वन्दना

मातृ वन्दना

पदम दाहाल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x