साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरो हुनै जानिनँ

कस्तो सान थियो तथापि अहिले, हेला मलाई भयो भन्दै बर्बर आँसु त्यो चउरमा झार्दै बसेको थियो आत्मग्लानि भएर भन्छ बिचरो, मैले अहम् त्यागिनँ छोरो भैकन जन्मिएँ तर, भलो-छोरो हुनै जानिनँ ।

Nepal Telecom ad

विदुर अधिकारी :

बाबाका उपदेश दिव्य पनका, मैले कुनै मानिनँ
आमाका पसिना व्यथा अनि कथा बुझ्नै निको ठानिनँ
आफ्ना बान्धवसाथ सभ्यदिलले, माया कतै गाँसिनँ
छोरो भैकन जन्मिएँ तर,भलो-छोरो हुनै जानिनँ
(१)

बोल्थेँ दम्भ गरेर मित्रसँग ता, के के न जान्ने बनी
गर्थेँ झैझगडा अनादर गरी, केही नभन्दा पनि
बस्थेँ ठुस्स परेर नित्य घरमा, श्रद्धा कतै राखिनँ
छोरो भैकन जन्मिएँ तर, भलो-छोरो हुनै जानिनँ
(२)

आफूझैँ जगमाझ को छ गतिलो, भन्ने सधैँ गर्दथेँ
मान्छेमा भ्रम पार्न मिष्टपनका मिथ्या कुरा छर्दथेँ
मिथ्या-बात सदैव हुन्न नि दिगो भन्ने कुरा मानिनँ
छोरो भैकन जन्मिएँ, तर भलो-छोरो हुनै जानिनँ
(३)

ज्यादै भव्य विदेशमा महल त्यो, मैले बनाएँ तर
आमा-बाबु अटाउनै नसकिने के भन्नु मेरो घर
आफैँमात्र भएँ म धेर धनवान्, आफ्ना कुनै हेरिनँ
छोरो भैकन जन्मिएँ तर भलो-छोरो हुनै जानिनँ
(४)

कस्तो सान थियो तथापि अहिले, हेला मलाई भयो
भन्दै बर्बर आँसु त्यो चउरमा झार्दै बसेको थियो
आत्मग्लानि भएर भन्छ बिचरो, मैले अहम् त्यागिनँ
छोरो भैकन जन्मिएँ तर, भलो-छोरो हुनै जानिनँ ।
(५)

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x