साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म हुन्न पाको

छ भ्रष्टको सङ्गत लोभपाप स्वदेशनिम्ति अति गर्छ घात चाहिन्न यस्तो अब ता बुढ्यौली भो भो छिटो जा तँ उतै बुढ्यौली ।।

Nepal Telecom ad

कविराज घिमिरे :

चुरोट खाई गरी ख्वाक्क ख्वाक्क
पारेर बस्छन् सबनिम्ति वाक्क
बेकार हिँड्छन् किन ती जिएर
म हुन्न पाको मदिरा पिएर ।।१

पाएन माया बिचरो छ नाति
बुझ्दैन बाजे किन हो पनाति
लुकेर पाकोपन हुन्छ ठाँडो
म हुन्न त्यस्तो अब वृद्ध घाँडो ।।२

छ नातिनीको कति चाह बाजे
बाङ्गो छ बाजे नबनेर साझे
वास्ता नगर्दै अझ बन्छ काँचो
यस्तो भई व्यर्थ म हुन्न पाको ।।३

छोरा र छोरीसँग द्रोह गर्छ
न मिल्छ पत्नीसँग भोग गर्छ
छिमेक आफ्नो पर छैन नेर
यस्तो बने हुन्न म वृद्ध हेर ।।४

न राष्ट्रको लिन्छ विशेष चिन्ता
अज्ञान भाषाप्रति हुन्छ कुण्ठा
छ स्वार्थ मात्रै दिलमा अँध्यारो
यस्तो हुँदा वृद्ध म हुन्न प्यारो ।।५

छ भ्रष्टको सङ्गत लोभपाप
स्वदेशनिम्ति अति गर्छ घात
चाहिन्न यस्तो अब ता बुढ्यौली
भो भो छिटो जा तँ उतै बुढ्यौली ।।६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x