साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भयो शून्यजस्तै उज्यालो कटेरो

बुबाको मुमाको सुकेको छ आँत बढी बाँच्नसक्ने छँदै छैन बात सबै आउनू है लगाएर फेरो भयो शून्यजस्तै उज्यालो कटेरो ।

Nepal Telecom ad

कविराज घिमिरे :

न छोरा न छोरी गए दूर बस्ती
न छन् नाति साथी रहेनन् पनाति
गए चाड हाम्रा उतै छैन गेडो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। १

कुनै बार बेला थियो घन्चमन्च
बसेका थियौँ पूर्ण मानेर सन्च
न ठाँटी छ बाँकी न हेर्दा पँधेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। २

बुढीका चलेनन् दुवै हातपाउ
छ आफू विषेमा दुवै कान घाउ
सह्यार्ने न कोही छु आफैँ बखेडो
भयो शून्यजस्तै उज्याले कटेरो ।। ३

पठाएर पैसा विपत् टर्छ गल्जो
कहाँ लुक्छ मायाँ सधैँ बस्छ अल्झो
सबै हाल हाम्रो बनेको छ डेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। ४

जजस्का फिरे पुत्र बक्सा बनेर
बन्यो हाल कस्तो त्यहाँको लु हेर ?
यहाँ राज्य आफैँ छ हेर्दा गठेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। ५

बुबाको मुमाको सुकेको छ आँत
बढी बाँच्नसक्ने छँदै छैन बात
सबै आउनू है लगाएर फेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। ६

०००
भक्तपुर बुसासमा अभ्यास

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x