कविराज घिमिरेभयो शून्यजस्तै उज्यालो कटेरो
बुबाको मुमाको सुकेको छ आँत बढी बाँच्नसक्ने छँदै छैन बात सबै आउनू है लगाएर फेरो भयो शून्यजस्तै उज्यालो कटेरो ।

कविराज घिमिरे :
न छोरा न छोरी गए दूर बस्ती
न छन् नाति साथी रहेनन् पनाति
गए चाड हाम्रा उतै छैन गेडो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। १
कुनै बार बेला थियो घन्चमन्च
बसेका थियौँ पूर्ण मानेर सन्च
न ठाँटी छ बाँकी न हेर्दा पँधेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। २
बुढीका चलेनन् दुवै हातपाउ
छ आफू विषेमा दुवै कान घाउ
सह्यार्ने न कोही छु आफैँ बखेडो
भयो शून्यजस्तै उज्याले कटेरो ।। ३
पठाएर पैसा विपत् टर्छ गल्जो
कहाँ लुक्छ मायाँ सधैँ बस्छ अल्झो
सबै हाल हाम्रो बनेको छ डेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। ४
जजस्का फिरे पुत्र बक्सा बनेर
बन्यो हाल कस्तो त्यहाँको लु हेर ?
यहाँ राज्य आफैँ छ हेर्दा गठेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। ५
बुबाको मुमाको सुकेको छ आँत
बढी बाँच्नसक्ने छँदै छैन बात
सबै आउनू है लगाएर फेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।। ६
०००
भक्तपुर बुसासमा अभ्यास
Subscribe
Login
0 Comments
Oldest






































