साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तकहरु

Nepal Telecom ad

ई. कुमार खड्का :

भ्रष्टाचार गर्नै दिन्न, गर्दिन भन्छ, नकचरो ऊ
आफ्नो खल्ती भरिसक्यो क्षुद्र वचनको खरो ऊ
काइते बुद्धिको थुप्रो हो रिंगाउन औधी खप्पिस छ,
मुख खोलेर साँच्चै भनौं कि विकृतिकै जरो ऊ ।१
००
मध्ययुगिन जडता अझै कस्तो खाले चेत हो ?
राष्ट्र, राष्ट्रियतानै डस्ने गोमन हो कि करेत हो ?
मुखले फूलको बयान गर्दै धतुरोको खेती गर्छ,
पूर्व जन्मको अरिष्ट हो कि पूनर्जन्मकै प्रेत हो ?२
००
देशको निहुँमा तानाबाना सुनको छाना खोज्दैछ ऊ
प्रोटिन, भिटामिनयुक्त पौष्टिक खाना खोज्दैछ ऊ
रुखबाट झर्दा भुइँको सिन्को टिप्ने निहुँ गर्दै,
लुटको लाभ हातपार्ने केही बहाना खोज्दैछ ऊ ।३
००
सबै थोकले पुगेछ कान्छी मट्याङ खोज्दैछ रे
नियम, कानुन फेर्दै दोश्रो नयाँ माया रोज्दैछ रे
कानेखुसी चल्दाचल्दै हल्लिदैछ हल्ला बजार,
भोग विलासको निर्लज्ज प्रवृत्तिलाई जोड्दैछ रे ।४
००
देखावटी नाटक ज्यादा गर्दागर्दै भड्काउने भए
विरवलको खिचडी सीमसारमै छड्काउने भए
देखासिकि धेरै गर्छन्, अगुवानै हगुवा बन्दै,
जानाजानै अक्करमा जहिले हलो अड्काउने भए ।५
००
चाहे जो हुन् सबैलाई आफ्नै चिन्ता, पीर हुन्छ
जो भ्रष्ट र हाँडिघोप्टे छ, उही धेरै अधीर हुन्छ
देशको मेरुदण्ड भन्छन् हितमा माखो मार्ने कस्ले ?
श्रमजीवी र किसानको कहिले ठाडो शिर हुन्छ ?६

०००
आलापोट, काठमाण्डौं ।
२०८२/०४/२३

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
कमल
कमल
1 year ago

देश समाजको यथार्थ चित्रण।राम्रो लाग्यो ।

kumar khadka
kumar khadka
1 year ago
Reply to  कमल

धन्यवाद हजुर 🙏

Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
2
0
Would love your thoughts, please comment.x
()
x